काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । करिब २० मिनेट आकाशमा उडेपछि सो जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको हो।
Advertisement
भैरहवाबाट ७ः ५५ मा उड्नुपर्ने जहाज ९ः४० बजेमात्रै काठमाडौंतर्फ उडेको नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो ।
चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।