• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजावादी र अमेरिकी साम्राज्यवादपरस्त शक्ति सरकारबाट हट्दै जानु सकारात्मक : मसाल


  •   आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु सकारात्मक भएको बताएको छ ।

    Advertisement

    सरकारबाट राजावादी र अमेरिकी साम्राज्यवादपरस्त शक्ति हट्दै जानु र सरकारसँग दूरी कायम हुनु स्वागतयोग्य हुने मसालको ठहर छ ।

    मसालले नेपालको लोकतन्त्रविरुद्ध राजावादी शक्ति तथा साम्राज्यवादपरस्त तत्वहरुबीच कार्यगत एकता हुनसक्ने आशंका पनि गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार प्रेसित गर्नुभएको वक्तव्यमा कथित स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार गठन गर्ने र अमेरिकी उद्देश्य पूरा गर्ने योजना अनुसार संगठन विस्तार गरिरहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने स्पष्ट पार्नुभएको छ ।

    मसालले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालमा भ्रष्टाचारको अवस्था अत्यन्त गम्भीर रहेको प्रष्ट पारेको भन्दै दोषी जतिसुकै उच्चपदस्थ भएपनि कारबाही गर्नुपर्ने बताएको छ ।

    यस्तो छ वक्तव्य
    कथित स्वतन्त्र पार्टीले सरकारमा नजाने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जुन निर्णय गरेको छ, हामीले त्यो निर्णयलाई नकारात्मक दृष्टिकोणले स्वागत गर्दछौँ । अहिलेको गठबन्धन सरकारमा जुन हदसम्म राजावादी वा साम्राज्यवादपरस्त तत्वहरू हट्दै जान्छन्, त्यो हदसम्म हामीले त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्दछ । त्यही अर्थमा अहिलेको सरकारलाई कथित स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिनुलाई हामीले सकारात्मक अर्थमा नै लिएका छौँ र लिनु पनि पर्दछ ।

    कथित स्वतन्त्र पार्टीले कतिपय भ्रष्टाचार सम्बन्धी विषयमा भिन्न मत भएको हुनाले सरकारबाट हटेको बताएको छ । तर वास्तविकता त्यो भन्दा बेग्लै छ । उनीहरूले सामान्यतः पहिले उनीहरूले प्राप्त गरेका मन्त्रालयहरू, विशेषतः गृहमन्त्रालयको दाबी गरेका थिए, त्यो मन्त्रालय नपाएको हुनाले नै उनीहरू सरकारमा सामेल भएनन् र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।

    जहाँसम्म उनीहरूले चर्को रूपमा उठाएको भ्रष्टाचार सम्बन्धी प्रश्न छ, उनीहरू स्वयम् विभिन्न प्रकारका अवैध कार्यहरू वा भ्रष्टाचार सम्बन्धी मुद्दाहरूमा मुछिएका छन् । एकातिर, त्यस प्रकारका आरोपहरूमा आफ्नो वचावट र, अर्कातिर, देशको सम्पूर्ण प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग समेतमा आफ्नो नियन्त्रण कायम गर्नका लागि नै उनीहरूले गृहमन्त्रालयको माग गरिरहेका थिए । उनीहरूलाई गृहमन्त्रालय दिन अस्वीकार गरेकोमा हामीले प्रचण्ड सरकारलाई धन्यवाद दिन्छौँ ।

    कथित स्वतन्त्र पार्टीले तीब्र गतिले सङ्गठनका लागि प्रयत्न गर्ने र अर्को चुनावसम्म संसदमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री बन्ने समेत दाबी गरेको छ । उनीहरूको त्यो दाबीलाई हल्का रूपमा लिनु अदूरदर्शीता हुनेछ । खास गरेर उनीहरूका पछाडि अमेरिकी साम्राज्यवादको बल भएको हुनाले र त्यसको कथित स्वतन्त्र पार्टीलाई शक्तिशाली बनाउनुको उद्देश्य पूरै नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा सामेल गरेर आफ्नो सैन्य क्याम्पमा लैजानु भएको हुनाले त्यसले कथित स्वतन्त्र पार्टीलाई सत्तामा पु¥याउनको लागि योजनावद्ध प्रकारले काम गर्ने कुरा प्रष्ट छ ।

    नेपालका सबै देशभक्त जनताले अमेरिकाको त्यस प्रकारको षडयन्त्रलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ । अमेरिकाले पहिलेदेखि नै विभिन्न राजनीतिक पार्टीहरूमा आफ्ना मान्छेहरू घुसाउँदै आएको छ । यो सम्भावनलाई पनि अस्वीकार गर्न सकिन्न कि नेपालका विभिन्न राजनीतिक पार्टी वा संघसंस्थाहरूमा घुसपैठ गरिएका त्यस प्रकारका अमेरिकापरस्त तत्वहरूलाई क्रमशः कथित स्वतन्त्र पार्टीमा आवद्ध गर्दै लैजान नीति अपनाइने छ । तनहुँको उदाहरण हाम्रा अगाडि छ । त्यो प्रक्रिया त्यहीँसम्म सीमित नरहेर त्यसको अरू विस्तार हुँदै जाने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ ।

    यो कुरा प्रष्ट छ कि राजापरस्त र अमेरिकी साम्राज्यवादपरस्त तत्वहरूले गठबन्धन गरेर लोकतन्त्र र राष्ट्रियता समेतका विरूद्ध काम गर्ने कुरा निश्चित छ । त्यही रणनीतिअन्तर्गत नै उनीहरूका विचमा गठबन्धन पनि हुँदै गइरहेको छ । त्यस प्रकारको गठबन्धन र अहिलेको सत्तारूढ गठबन्धनका विचमा जति बढी रेखा खिचिदै जान्छ, त्यति नै त्यो देश र जनताको हितमा हुनेछ । अहिलेको सरकारमा पनि प्रतिगमन वा साम्राज्यवादका विरूद्ध विभिन्न रूपमा ढुलमुल र अवसरवादी प्रवृत्तिहरू पाइन्छन् । त्यस प्रकारका प्रवृत्तिहरूको आलोचना गर्दै प्रतिगमन र साम्राज्यवादका विरूद्धको संघर्षलाई अरू व्यापक र उच्च स्तरमा उठाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    अहिले देशमा उठेको नक्कली भुटानी शरणार्थीको मुद्दालाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ । ठुलो संख्यामा नेपालीहरूलाई नक्कली भुटानी बनाएर विदेश पठाउने योजना भ्रष्टाचारको अत्यन्त गम्भीर रूप हो । त्यसले नेपालमा भ्रष्टाचारले अत्यन्त गम्भीर रूप लिएको कुरालाई नै बताउँछ । त्यो सम्पूर्ण कारवाहीमा उच्च स्तरीय प्रशासन र राजनीतिक नेतृत्वको संलग्नताले त्यो मुद्दालाई अरू गम्भीर बनाउँछ । त्यो मुद्दाका सिलसिलामा कतिपय व्यक्तिहरू गिरफ्तार पनि भएका छन् । तर पर्दा पछाडि उनीहरूलाई उम्काउने वा मुद्दालाई कमजोर बनाउने प्रयत्न त भइरहेका छैनन् ? त्यो शङ्का गर्ने ठाउँ पनि छ ।

    यस सन्दर्भमा अर्को गम्भीर प्रश्नप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जुन ठूलो पैमानामा त्यो भ्रष्टाचार गरिएको छ, त्यो बेलाको सरकारको उच्च नेतृत्वको सहमति बिना त्यो कार्य हुन नसक्ने कुराको पनि सजिलैसित अनुमान गर्न सकिन्छ । त्यस प्रकारको पृष्ठभूमिमा उक्त भ्रष्टाचारका सन्दर्भमा कुनै निर्दोष व्यक्तिमाथि कुनै सजाय नहोस् तथा जतिसुकै उच्च पदको भएपनि दोषी उम्कन नपाओस् भन्ने कुरामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
    २०८० वैशाख २४ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

    आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.