काठमाडौं । रुकुमपूर्ववमा जिप दुर्घटना १२ जना विद्यार्थी घाइते भएका छन् । परीक्षा दिन जाँदै गरेका विद्यार्थीहरू सवार लु १ ज ३५०३ नम्बरको जिप सिमखोलामा दुर्घटना भएको हो।
Advertisement
भुमे गाउँपालिकाको चुन्वाङ्गबाट रुकुमकोट जाँदै गरेको सो जिप दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
तीमध्ये ३ जनााको अवस्था गम्भीर छ । आगामी मंगलबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै थियो। जुन परीक्षामा सहभागी हुन उनीहरू रुकुमकोट जाँदै थिए।