• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

हेगेल र उनको दर्शन


  •   आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    हेगेलले अधिभूतवादी तरिकाको विरुद्ध द्वन्द्वात्मक तरिका प्रतिपादन गरे ।

    Advertisement

    विकास एउटा निरन्तर प्रकृया हो । यो आन्तरिक अन्तरविरोधको सङ्घर्ष र समाधानद्वारा अघि बढ्छ । पुराना अन्तरविरोध खतम भई नयाँ चरणमा सङ्क्रमण हुन्छ । नयाँ अन्तरविरोध देखा पर्दछन् । कुनै चिजमा या परिघटनामा आवश्यकताको कारणले गर्दा अन्तरविरोध उत्पन्न हुन्छ । उत्पत्तिका लागि चाहिने स्थिति पहिलेका सम्पूर्ण विकासक्रमले तयार पारेको हुन्छ । खास परिघटनाले विकासको क्रममा आफ्नैभित्रबाट आफैलाई निषेध गर्ने शक्ति पैदा गर्छ । त्यसका लागि कुनै बाहिरी शक्तिको खाँचो पर्दैन ।

    गति भनेको स्वयम्मा विद्यमान अन्तरविरोध हो । सबै चिजमा अन्तरविरोध हुन्छ । जीवित पक्ष र मरणशील पक्षको एकता नै मानिस हो । त्यसको निषेध पक्षले सम्बन्धित मानिसको अस्तित्वलाई खतम पारिदिन्छ । यो एउटा सर्वव्यापी र सार्वभौमिक नियम हो । परस्पर विरोधी पक्ष एकै ठाउँमा र एउटै अस्तित्वमा रहेका हुन्छन् । उनीहरूको एकताको अस्तित्वमा उद्देश्य विपरीत भई आआफ्ना गतिविधि सञ्चालन गर्छन् । त्यसो गर्दा एकातिर गति पैदा हुन्छ, अर्कोतिर एउटाको भरमा अर्को अडेको हुन्छ । यो द्वन्द्ववाद हो ।

    परम विचार तीन चरणबाट विकसित हुन्छ : पहिलो– शुद्ध चिन्तनको तत्त्व । दोस्रो– प्रकृति विचारको अर्को रूप भएकाले प्रकृतिको रूपमा विचारको विकास हुन्छ । तेस्रो– विचारको विकास चिन्तन र इतिहासको रूपमा हुन्छ । यस चरणमा परम विचार आफ्नैभित्र फर्किन्छ । भिन्नै रूपमा आफ्नो सारतत्त्वलाई धारण गर्दछ ।

    दुवैको एकता र सङ्घर्ष सुरुमै अघि बढ्छ । महिला र पुरुष परस्पर विरोधी लिङ्गका मान्छे हुन् । दुवैको आवश्यकताले वैवाहिक सूत्रद्वारा एकताबद्ध भई परिवार बनाएका हुन्छन् । एक्लाएक्लै भएर परिवार बन्दैन । पुरुष र महिलाको शरीरमा फरक फरक लैङ्गिक अङ्ग हुन्छन् । त्यसैले गर्दा स्वार्थ फरक हुन्छ तर एकताको सूत्रद्वारा परिवार बनेको हुन्छ । आआफ्ना स्वार्थ फरक हुन्छन् र सङ्घर्ष गरेर मात्र आआफ्नो अस्तित्वको बचावट हुन सक्छ ।
    क्रमिक परिवर्तनबाट फड्कोका लागि चाहिने अवस्था तयार हुन्छ अनि फडको सिद्ध हुन्छ । परिमाणात्मक सञ्चय हुँदै खास विन्दुमा पुगेपछि फड्को हुन्छ । उक्त चिजको गुणमा परिवर्तन हुन्छ । फड्को विकासमा एक आवश्यक चरण हो । क्रमिकतालाई तोडेर गुणात्मक रूपले अर्को सत्ता प्रदान गर्छ ।

    दर्शन, धर्म, कला एकार्काबाट अलग छैनन्, घनिष्ट रूपले अन्तरसम्बन्धित छन् । एकार्कोबाट प्रभावित हुन्छन् । अर्थतन्त्र, राजनीति, दर्शन, साहित्य, कानुनी व्यवस्था आदि विभिन्न पक्षले परस्परमा प्रभावित गर्छन् । अधिक उच्चस्तरको चिजबाट तिनीहरूको व्याख्या गरिनुपर्छ ।

    समाज स्थिर छैन । तल्लो स्तरबाट माथिल्लो स्तरतिर, सरलबाट जटिलतिर र निम्नस्तरबाट उच्चस्तरतिर निरन्तर गतिशील भई बढिरहेको हुन्छ । बढिरहँदा मात्रात्मक तरिका प्रयोग गरेर अलि अलि गर्दै बढेर निश्चित अवस्था अथवा निश्चित बिन्दुमा पुगेपछि त्यो वस्तु त्यही अवस्थामा रहन सक्दैन । गुणात्मक रूपले नै विभिन्न वस्तु बन्ने गरी फड्कोको रूपमा परिवर्तन हुन्छ । मात्रात्मक परिवर्तन क्रमबद्ध हुन्छ तर गुणात्मक परिवर्तनले मात्रात्मक गतिबाट होइन, फड्कोको रूपमा नयाँ वस्तुमा पुग्ने गरी छलाङ मार्ने काम गर्दछ । नयाँ अवस्था अथवा नयाँ वस्तुमा पुगेपछि त्यो अवस्था वा त्यो वस्तुमा फेरि मात्रात्मक परिवर्तन सुरु हुन्छ । त्यही गतिले वस्तु अगाडि बढ्दै जान्छ । अस्तित्वको लागि हुने सङ्घर्षमा विजेताको अस्तित्व कायम रहन्छ र पराजितले पनि आफ्नो अस्तित्व कायम गर्न अथवा पुनस्र्थापना गर्न सङ्घर्ष गर्छन्, गरिरहन्छन् र गर्नु पनि पर्दछ । नयाँको अस्तित्व कायम भएपछि पनि त्यसैभित्रबाट उसैलाई हराउने गरी नयाँको सङ्घर्षले हराउने गरी सङ्घर्ष अघि बढ्छ । नयाँ त्यही हो, जसको जीवनशक्ति बढी हुन्छ ।

    राजनीति, दर्शन, साहित्य, धर्म आदि एउटा साझा श्रोतबाट उत्पन्न हुन्छन् । उनको कमजोरी विचारलाई प्राथमिक र प्रकृतिलाई गौण मान्नेमा छ । उनले सबै विद्यमान चिजको सार र आधार परम विचारलाई मान्दछन् । परम विचार तीन चरणबाट विकसित हुन्छ : पहिलो– शुद्ध चिन्तनको तत्त्व । दोस्रो– प्रकृति विचारको अर्को रूप भएकाले प्रकृतिको रूपमा विचारको विकास हुन्छ । तेस्रो– विचारको विकास चिन्तन र इतिहासको रूपमा हुन्छ । यस चरणमा परम विचार आफ्नैभित्र फर्किन्छ । भिन्नै रूपमा आफ्नो सारतत्त्वलाई धारण गर्दछ । परम विचारको विकास परम सत्यको रूपमा हेगेलको दर्शनमा गएर टुङ्गिन्छ ।

    विचार साँचो रूपमा जनताको र विश्वको नेता हो । उक्त नेताको विवेकयुक्त तथा आवश्यक सङ्कल्प रहेको आत्मा विश्व इतिहासका घटनाको सञ्चालक हो । आत्माले आफूलाई अत्यधिक साकार यथार्थतामा दर्साउँछ ।

    विचार भौतिक परिस्थितिको प्रतिबिम्ब हो, जुन मानव दिमागबाट प्रतिबिम्बित भई विचारको रूपधारण गर्दछ । यो कुरा हेगेलको दर्शनमा छैन । सत्ता र शक्ति समाजमा बलियो हुन्छ । त्योबाट मानव विचार अछुतो रहन सक्दैन । आफूले गर्नुपर्ने र गर्न सक्ने कामको योजनामा सत्ता र शक्ति बाधक भएपछि उसको वा कुनै सर्वसाधारण जनताको विचार भौतिक परिस्थितिअनुकूल हुने गरी परिवर्तन हुन्छ । त्यस्तो अवस्थामा हेगेलको परम विचार आएको हुन सक्छ तर पनि मुख्य तत्त्व भौतिक परिस्थिति नै हुन्छ, जसले विचारको निर्धारण गर्दछ । प्रकृतिलाई मुख्य र विचारलाई त्यसको मातहत राख्नुपर्नेमा हेगेलले विचारलाई प्रमुख र प्रकृतिलाई त्यसको मातहतमा राख्ने उल्टो काम गरेका छन् । आर्थिक पक्षको आधारमा राजनीति, दर्शन, साहित्य, धर्म आदि अडेका हुन्छन् । आर्थिक पक्षको व्यवस्थापन गर्न राज्यसत्ता वा सत्तासिन वर्ग लागिपरेको हुन्छ । सत्तापक्षको विचार समाजमा शक्तिशाली हुन्छ । विपक्षले आफ्ना आवश्यकता पूरा गर्न सङ्गठित र सचेत जनशक्ति तयार गर्ने अप्ठ्योरो पर्ने हुनाले सत्तापक्षको विचारलाई समर्थन गर्नुपर्दा वास्तविकताबाट टाढा पुगिन्छ ।

    हेगेलको दर्शनमा स्पष्ट रूपले दुई पक्ष छन् : एउटा– प्रगतिशील क्रान्तिकारी पक्ष, जुन द्वन्द्वात्मक तरिकासित घनिष्ट रूपले गाँसिएको छ† अर्को– रूढिवादी पक्ष, जुन आदर्शवादी धारणासित घनिष्ट रूपले गासिएको छ । उनको दृष्टिमा विचार सामाजिक सम्बन्धको चरित्रमा आधारित हुने तत्त्व हो; अन्तिम धारणा हो ।

    विचार साँचो रूपमा जनताको र विश्वको नेता हो । उक्त नेताको विवेकयुक्त तथा आवश्यक सङ्कल्प रहेको आत्मा विश्व इतिहासका घटनाको सञ्चालक हो । आत्माले आफूलाई अत्यधिक साकार यथार्थतामा दर्साउँछ ।

    हेगेल आदर्शवादी थिए तर पनि द्वन्द्वात्मक तरिकाको प्रतिपादन र विशद् व्याख्या गरेर उनले श्रमजीवी जनताको मुक्ति, आकाङ्क्षा र मुक्तिसङ्घर्षका लागि एक अत्यधिक दरो र सिङ्गो सैद्धान्तिक आधार प्रदान गरे । हामीले वस्तुमा हुने सकारात्मक र नकारात्मक पक्ष पत्ता लगाइसकेपछि सकारात्मक पक्षलाई ग्रहण गर्ने र नकारात्मक पक्षलाई छुट्याएर अलग गरेर त्याग्ने दुईओटै काम गर्नुपर्छ ।

    लेनिनले भनेका छन्– “जुन बौद्धिक दासत्वमा परेर आजसम्म चिथिएका वर्ग दुर्बल बनेका छन् । त्यसबाट मुक्त हुने बाटो माक्र्सको दार्शनिक भौतिकवादले मात्र सर्वहारा वर्गलाई देखाएको छ ।”

    हेगेलको दर्शनका प्रगतिशील पक्ष अथवा द्वन्द्वात्मक तरिकालाई ग्रहण गरेर त्यसबाट अगाडि बढ्ने गर्नुपर्छ । त्यतिले मात्र हाम्रो जिम्मा पूरा हुन्न । त्यसको नकारात्मक पक्षलाई छुट्याएर विसर्जन गर्ने काम पनि पूरा गर्नुपर्छ । रूढिवादी आदर्शवादी धारणाले सम्पन्न वर्गलाई फाइदा गर्ने हुनाले उनीहरूले आफ्नो सम्पन्नताको औजारका रूपमा प्रयोग गर्छन् । उनीहरूको सम्पन्नतालाई वैध बनाउने र समाजमा आफ्नो वर्गीय प्रभुत्व कायम राख्ने शक्ति दिन्छ ।

    हेगेलको द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव समाज, मानव घटना सबै क्षेत्रमा लागु गर्नुपर्ने हो । त्यो काम गर्न हेगेलले सकेनन् । उनले आफ्नो दर्शनलाई आदर्शवादी खोलभित्र गोलमटोल गरेर छाडिदिए तर पनि उनको महत्त्वपूर्ण योगदान द्वन्द्ववादलाई हामीले मान्नैपर्छ र हेगेललाई सम्मान गर्नुपर्दछ ।

    हेगेलको दर्शनलाई आदर्शवादी आधारबाट झिकेर भौतिकवादी आधारमा उभ्याउने महान् अभिभारालाई माक्र्स र एङ्गेल्सले सफलतापूर्वक पूरा गर्नुभयो । प्रकृतिबारे चर्चा गर्दासम्म हेगेल भौतिकवादी रहे । इतिहासबाट चर्चा गर्दा आदर्शवादी भए । भौतिकवादको झन्डा उठाउने फायरबाख ऐतिहासिक भौतिकवादमा पुग्न सकेनन् ।

    लेनिनले भनेका छन्– “जुन बौद्धिक दासत्वमा परेर आजसम्म चिथिएका वर्ग दुर्बल बनेका छन् । त्यसबाट मुक्त हुने बाटो माक्र्सको दार्शनिक भौतिकवादले मात्र सर्वहारा वर्गलाई देखाएको छ ।”

    नैतिकता, प्रेम, मित्रता आदि सवालको व्याख्या गर्दा भौतिकवादी फायरवाख आदर्शवादीमा फेरिन गएका थिए । एङ्गेल्सका अनुसार हेगेलको विचार थियो कि चिज र तिनको विकास संसार हुनुभन्दा पहिले नै कहिँ रहेर आएका विचारका प्रत्यक्ष चिज मात्र थिए । आदर्शवादी हेगेलले इतिहासको प्रेरक शक्तिलाई इतिहासभन्दा बाहिर विचारमा खोज्न पुगे ।

    हेगेलको द्वन्द्ववाद प्रकृतिमा, मानव इतिहासमा मानव समाज र घटना सबैमा लागु हुन्छ तर हेगेलले मानव इतिहासमा उनको दर्शनलाई भौतिकवादीको हैसियतले होइन, आदर्शवादीको हैसियतले बयान गर्न पुगे ।

    माक्र्स र एङ्गेल्सले भन्नुहुन्छ– “कम्युनिस्टका लागि मुख्य सवाल विद्यमान संसारको क्रान्तिकारीकरण गर्ने विद्यमान चिजमाथि व्यावहारिक रूपले हमला गर्ने र त्यसलाई बदल्ने रहन्छ ।”

    समाजमा वर्ग छन् । वर्गीय स्वार्थ छन् । वर्गीय सवार्थ पूरा गर्न दासव्यवस्था सुरु भयो । दासले दासत्व स्वीकार गर्दासम्म दास व्यवस्था चल्यो । दासत्वका विरुद्ध पटक पटकको विद्रोहका कारणले दासव्यवस्था चल्ने नसक्ने अवस्थामा गयो । दासले दासमालिकका विरुद्ध सङ्घर्ष गरे । त्यो वर्गसङ्घर्षको अवस्था बढ्दै गयो । मात्रात्मक किसिमले गर्ने विद्रोहले गुणात्मक फडको मार्‍यो । मालिकले दासलाई काम गराउन नसक्ने भएपछि व्यवस्थामा आमूल परिवर्तन भएको कुरा हेगेलले बुझ्न र बताउन नसकेर आदर्शवादको शरणमा पुगेका हुन् ।

    हेगेलको दर्शनमा क्रान्तिकारी द्वन्द्वात्मक तरिका र प्रतिक्रियावादी आदर्शवादी प्रणाली दुवै पक्ष पाउछौँ । द्वन्द्ववादलाई आदर्शवादी आधारबाट निकालेर भौतिकवादी आधारमा बसाइदिने अभिभारालाई माक्र्स र एङ्गेल्सले सम्पन्न गर्नुभयो । फायरबाखले चिन्तन एउटा मानवीय सामथ्र्य हो । प्रकृतिको एउटा अङ्गको हैसियतबाट मानिस दर्शनको मुख्य केन्द्र बन्नुपर्छ । सामाजिक जीवनका समस्याको व्याख्या गर्दा उनको दृष्टिकोण आदर्शवादी रह्यो । सामाजिक जीवनसम्म विस्तारित भएन ।

    माक्र्स र एङ्गेल्सले भन्नुहुन्छ– “कम्युनिस्टका लागि मुख्य सवाल विद्यमान संसारको क्रान्तिकारीकरण गर्ने विद्यमान चिजमाथि व्यावहारिक रूपले हमला गर्ने र त्यसलाई बदल्ने रहन्छ ।” आदर्शवादीहरूले “विचारले संसारमाथि शासन गर्छ, विचारले सबै कुरा निर्धारण गर्छ” भन्दै गरेको अवस्थामा माक्र्सले भने “मानिसको चेतनाले उनीहरूको सत्तालाई निर्धारित गर्दैन बरु उनीहरूको सत्ताले उनीहरूको चेतनालाई निर्धातिर गर्छ” भन्नुभएको हो । दार्शनिक क्षेत्रमा प्रगतिशील मानवजातिले प्राप्त गरेका महान् उपलब्धिलाई ग्रहण गरेर माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गर्नुभयो । दर्शनको क्षेत्रमा त्यो युगान्तकारी घटना वा एउटा क्रान्ति थियो ।

    माक्र्सको दर्शन आउनुभन्दा पहिले माक्र्सका विरोधीले घुमाइफिराइकन आदर्शवादको पक्षपोषण गर्ने गर्दथे । माक्र्सको दर्शनले आफ्नो स्वरूप ग्रहण गरिसकेपछि माक्र्सवादमा संशोधन गर्ने र आदर्शवादीलाई नोक्सान नपुग्ने गरी सम्पत्तिका मालिकलाई आफ्नो परम्परागत हैकम कायम गर्ने गरी माक्र्सवादका क्रान्तिकारी सिद्धान्त संशोधन गरेर भुत्ते बनाउने गर्न थाले ।

    भौतिक जीवनका आवश्यकताको उत्पादनको विकास नै सामाजिक विकासको अन्तिम कारण हो । सबैभन्दा निर्णायक तत्त्व उत्पादक शक्ति हुन् । तिनीहरू नै क्रान्तिकारी तत्त्व पनि हुन् । पहिले उत्पादक शक्तिको विकासलाई अघि बढाउँछन् । उत्पादक शक्तिको विकासमा तगारो भएर उत्पादन सम्बन्ध तेर्सिन्छन् । नयाँ उत्पादन सम्बन्ध स्थापना गर्नु ऐतिहासिक खाँचो हुन आउँछ । यो अन्तरविरोध स्वार्थको अन्तरविरोधमा अभिव्यक्त हुन्छ ।

    उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको अन्तरविरोध बढ्दै गयो भने पनि किसान–मजदुरको सङ्गठित स्वरूपको सङ्घर्ष नै निर्णायक हुन्छ किनभने समाजको विकासको आधार उत्पादन प्रणाली हो

    वर्गसङ्घर्ष इतिहासको मुख्य चालक शक्ति हो । उत्पादक शक्ति र उत्पादन सम्बन्ध दुवैको संयुक्त रूप उत्पादन प्रणाली हो । उत्पादक शक्तिले उत्पादनका साधनहरू औजार र जमिन वा उद्योगमा आफ्नो श्रम खर्च गरेर उत्पादन गर्ने हो । औजार जमिन र श्रम तीनओटै वस्तुमा सुधार गरेर उत्पादनमा छिटोभन्दा छिटो वृद्धि गर्छन् तर उत्पादन सम्बन्धमा त्यसैअनुसार छिटो छिटो विकास हुन्न । एकपटक उत्पादन सम्बन्ध कायम भएपछि त्यो छिटै परिवर्तन हुन्न ।

    उत्पादक शक्ति किसान मजदुरको चेतनास्तर र सङ्गठित रूपको आधारमा उत्पादन सम्बन्ध पनि परिवर्तन भयो भने उत्पादनले फेरि गति लिएर उत्पादन बढ्दै जान्छ । उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको अन्तरविरोध बढ्दै गयो भने पनि किसान–मजदुरको सङ्गठित स्वरूपको सङ्घर्ष नै निर्णायक हुन्छ किनभने समाजको विकासको आधार उत्पादन प्रणाली हो । उत्पादन प्रणालीले गति लिन नसकेपछि उपरी संरचनाको रूपमा हरेको प्रचलित व्यवस्था कायम रहन सक्दैन । अन्तरविरोध बढ्दै जाने र उत्पादक शक्तिले सङ्गठित रूपमा आन्दोलन बढाउँदै जाने अन्तरविरोध समाधान गर्नुपर्ने र नगरी नहुने भइजान्छ । त्यो अन्तरविरोधको समाधानमा पनि उत्पादक शक्तिको चेतना, जुन वर्ग चेतना भनिन्छ र सङ्गठित आन्दोलन नै मुख्य तत्त्व बन्न जान्छ ।

    आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.