नवलपरासी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्ला भेला सुनवलमा सम्पन्न भएको छ ।
Advertisement
भेलाले निशा गौतमको अध्यक्षतामा नौ पूर्ण र चार वैकल्पिक गरी १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
जसमा उपाध्यक्ष शिक्षा भट्टराई, सचिव प्रभास सापकोटा, सहसचिव मौसम घिमिरे, कोषाध्यक्ष किरण लिम्बु, सदस्यहरुमा कीर्तिका लिम्बू, योजना श्रीस मगर, अनुस्का पुन, समीक्षा भट्टराई, कविता गौतम र आस्विन सापकोटा रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले भेला सफलताको शुभकामना सहित प्रशिक्षण दिनुभएको थियो।
जिल्ला अध्यक्ष सगर सुवेदीको अध्यक्षता तथा ईश्वर थापाको सञ्चालनमा सम्पन्न भेलामा स्वागत प्रभास सापकोटाले गर्नुभएको थियो।