नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को वडा समिति गठन भएको छ ।
Advertisement
महासचिव तुलसी सापकोटाको प्रमुख आतिथ्यमा २०८० वैशाख २३ गतेका दिन आयोजित भेलामाझ सो समिति गठन भएको हो ।
भेलाले रामखेलावन लोनिया अध्यक्ष रहनुभएको वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष सुन्दरलाल लोनिया, सचिवमा उर्मिला चौहान, सदस्यहरूमा धनिराम चाईं, बावदेई चौहान र कलावती लोनिया रहनुभएको छ ।
अप्फाको जिल्ला समिति सदस्य सहजाद अलीको समेत आतिथ्य रहेको उक्त भेलापछि बसेकोे बैठकले आगामी वैशाख ३० गते शनिवारका दिन दिउँसो ११ बजे सोही बेतहनी बजारमा बृहत् आमसभाको आयोजना गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।