• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बाघ लुक्ने झाडी धमाधम फँडानी


  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाँड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाँडिएको हो ।

    Advertisement

    बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिए ।

    ‘झाडीमा औषधि छर्केका छौँ, बिस्तारै झाडी सुक्दै गएको छ’, उनले भने, झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गरिरहेको हो ।’

    झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ । स्थानीय घरबाहिर निस्किन डराइरहेका छन् । ‘झाडी फडान भएपछि बाघ लुक्न नसक्ने विश्वासले स्थानीयको त्रास कम हुनसक्छ’, अध्यक्ष रानाले भने, ‘स्थानीयको मागअनुसार झाडी फँडानी गरिरहेका हौँ ।’

    त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवतजावत निकै कम भएको बताए । मानिसमा आक्रमण गर्ने बाघको जोडी सो क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घनाजङ्गल छैन ।

    यही वैशाख ८ गते घाँस काट्न गएकी बेलौरी–८ की गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । महिलालाई आक्रमणपछि बाघ खप्टी नालाको झाडीमा लुकेको थियो । घटनापछि स्थानीय त्रसित बनेका छन् ।

    ‘पचुईपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्’, स्थानीय महेश विष्टले भने, ‘घटनापछि स्थानीयमा डर छ, सामान्य अवस्थामा फर्किन सकेका छैनौँ ।’

    उनका अनुसार बाघको आक्रमणपछि त्रसित स्थानीयको दैनिकी नै प्रभावित भएको छ ।

    ‘घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि सकेका छैनन्’, उनले भने।

    पचुईमा महिलाको ज्यान लिने नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखानामा राखिएको छ ।

    बाघको निगरानीका लागि बेलौरी–८ पचुई क्षेत्रमा छवटा स्वचालित क्यामेरा जडान गरिएको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ‘ट्र्याकिङ’का लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए।

    ‘बाघले मान्छे मारेपछि स्थानीय त्रसित छन्, फेरि बाघको हल्ला छ’, उनले भने, ‘त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।’

    बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गर्ने गरिरहेका छन् । रासस

    शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.