काठमाडौं । सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताउनुभएको छ ।
Advertisement
बिहीवार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले कुनैपनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताउनु भयो । उहाँले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको बताउनु भयो ।
उहाँले विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री शर्माले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।