• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव


  •   बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
  • २०८० साल वैशाख १२–१५ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) को पीवीको बैठकद्धारा पारित तथा राष्ट्रिय प्रशिक्षण भेलामा प्रस्तुत र परिमार्जित

    Advertisement

    १. नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले चितवनको उपचुनावलाई अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षको रूपमा उपयोग गर्ने निर्णय गरेको थियो र त्यो पक्ष नै त्यो चुनावको उपयोगसम्बन्धी हाम्रो नीतिको प्रधान पक्ष थियो । चितवनले अमेरिकी साम्राज्यवाद विरुद्धको नारालाई देशव्यापी बनाएको छ । चितवन उपनिर्वाचनको सन्दर्भमा हाम्रो पार्टीले अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षमा जोड दिने जुन नीति अपनाएको थियो, त्यो नीति देशव्यापी रूपमा अगाडि बढेको छ । यही साल वैशाख २ गते काठमाडौँमा “अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” बारे एउटा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य का. चित्रबहादुर केसीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । त्यो कार्यक्रममा कैयौँ बुद्धिजीवी वा विज्ञहरूले अमेरिकी साम्राज्यवादबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर खतरा भएको कुरा बताउनुभएको थियो । वैशाख ७ गते अमेरिकी साम्राज्यवादको विरुद्ध देशव्यापी रूपमा विरोध कार्यक्रम सम्पन्न भएका थिए । त्यसरी चितवन चुनावको सन्दर्भमा हाम्रो पार्टीले उठाएको अमेरिकी साम्राज्यवाद विरोधी नीति भव्य रूपमा सफल भएको कुरा वास्तविकता हो । त्यो आन्दोलनलाई अरू उच्च र व्यापक बनाउनु आजको राष्ट्रिय आवश्यकता भएको छ र आगामी दिनमा त्यो आन्दोलनले त्यस रूपमा विकास गर्दै जाने छ भन्ने कुरामाथि हामीलाई विश्वास छ ।

    २. चितवन उपनिर्वाचनमा अमेरिकी साम्राज्यवादपरस्त पक्षका उम्मेदवारको जित भएको छ । त्यो विजयका लागि उनीहरूले हर्ष मनाइरहेका छन् तर उनीहरूको त्यो जित अमेरिकी साम्राज्यवादको जित हो र त्यसले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतरालाई नै बताउँछ । त्यो खतराका विरुद्ध नेकपा (मसाल) ले मात्र अग्रिम पङ्क्तिमा आएर विरोध गरेको थियो र त्यही उद्देश्य पूरा गर्न राष्ट्रिय जनमोर्चाले चितवनमा आफ्नो उम्मेदवार पनि उठाएको थियो । अन्य राजनीतिक पक्षले त्यो खतराप्रति ध्यान दिएको पाइन्न र त्यसका कैयौँ दूरगामी घातक परिणाम हुने छन् । त्यसकारण हाम्रो पार्टीले सम्पूर्ण देश र जनतालाई अमेरिकी साम्राज्यवादी खतराप्रति गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।

    ३. देशको राजनीतिमा हाम्रो पार्टीले कैयौँ पल्ट एक्लै आवाज उठाउने वा सङ्घर्ष गर्ने गरेको गौरवपूर्ण इतिहास छ । संविधान सभाको पक्षमा हाम्रो पार्टीले एक्लै आवाज उठाएको वा त्यसका लागि सङ्घर्ष पनि गरेको लामो इतिहास छ । २०४८ सालको चुनावमा बिनाअपवाद अन्य सबै राजनीतिक पार्टी वा सङ्गठनले राजाले दिएको संविधानअन्तर्गत संसदीय चुनावमा भाग लिन पुगेका थिए भने हाम्रो पार्टीले संविधान सभाको माग गर्दै राजाले दिएको संविधानलाई कालो संविधान बताउँदै त्यसको विरोध गरेको थियो र संसदीय चुनावको वहिष्कार पनि गरेको थियो । पछि अन्य सबै राजनीतिक पार्टी पनि संविधान सभा चुनावको मागलाई स्वीकार गरेर अन्तमा संविधान सभाको चुनाव भएको थियो । सङ्घीयताको प्रश्नमा पनि अन्य सबै ठुला राजनीतिक दलले सङ्घीयताको समर्थन गरिरहेको बेलामा हाम्रो पार्टीले देशव्यापी रूपमा तथा काठमाडौँकेन्द्रित आन्दोलनसमेत गरेको थियो । अब अन्य कतिपय राजनीतिक पार्टी वा सङ्गठनले पनि सङ्घीयताका विरुद्ध आवाज उठाउन थालेका छन् र देशव्यापी रूपमा सङ्घीय व्यवस्था गलत भएको महसुस गर्न थालिएको छ । अन्य कतिपय पक्षले सङ्घीयताको विरोध गरे पनि त्यसका आडमा राजतन्त्र वा साम्राज्यवादको सेवा गर्ने नीति अपनाएको देखिन्छ । त्यसकारण उनीहरूको कथित सङघीयता विरोधी नीतिबाट प्रतिगमन वा साम्राज्यवादको नै सेवा हुने छ । हाम्रो पार्टीले अझै पनि लगातार सङ्घीयताका विरुद्ध सङ्घर्ष गरिरहेको छ र सङ्घीयता खारेज नहुँदासम्म हाम्रो त्यो नीति कायम रहने छ ।

    ४. जातीय सङ्घीयताका विरुद्ध पनि हाम्रो पार्टीले जोडदार किसिमले आवाज उठाएको थियो । दोस्रो संविधानको कालमा त्यसलाई पूरै अस्वीकार गरिएको थियो यद्यपि अब कोशी प्रदेशमा पुन: जातिवादले शिर उठाउन थालेको पाइन्छ । हाम्रो पार्टीले जातीय आधारमा त्यो प्रदेशको पुन: नामाकरण गर्ने कार्यको विरोध गरेको छ ।

    ५. माथि उल्लेखित केही उदाहरणबाट इतिहासका कैयाँै कालखण्डमा कैयौं राजनीतिक प्रश्नमा हामी एक्लै भएको तर पछि इतिहास वा व्यवहारले हाम्रो नीति सही सावित भएको कुरा प्रष्ट हुँदै आएको छ । त्यही प्रकारले अमेरिकी साम्राज्यवाद वा अमेरिकी साम्राज्यवादपरस्त तत्त्वको हाम्रो विरोधको नीतिलाई पनि इतिहासले सही सावित गर्ने कुरा निश्चित छ । अहिले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नै राजनैतिक पार्टीसमेत बनाएर जसरी प्रत्यक्ष रूपले नेपालमा हस्तक्षेप गर्ने जुन रणनीति अपनाएको छ, त्यसका विरुद्ध खालि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा मात्र अगाडि आएका छन् । एमाले, कथित स्वतन्त्र पार्टी र राप्रपा एउटै पङ्क्तिमा उभिएका छन् । उनीहरूमध्ये “स्वतन्त्र पार्टी” ले सिधै अमेरिकापरस्त नीति अपनाउने गरेको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । एमाले र राप्रपाले पनि अमेरिकी साम्राज्यवादको अनुशरण गरेको पाइन्छ । अहिलेसम्म “स्वतन्त्र पार्टी” ले प्रचण्ड सरकारलाई नै समर्थन गरेको थियो तर अब त्यसले त्यो समर्थन फिर्ता लिने कुरा गर्न थालेको देखिन्छ तर अहिले स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जुन कुरा गरिरहेको छ, त्यो वास्तविक नभएर खालि सरकारमाथि दबाब दिनाका लागि एक प्रकारको चाल पनि हुन सक्दछ । उनीहरूले (स्वतन्त्र पार्टीले) गृहमन्त्रीको पद प्राप्त गर्नको लागि पूरा कोसिस गरिरहेका छन् । अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा त्यही उद्देश्य प्राप्त गर्नको लागि दबाब दिएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । प्रधानमन्त्रीपछि गृहमन्त्रीको पद सम्भवत: नेपाल सरकारको दोस्रो सबैभन्दा महत्त्वपूर्ण पद हो । त्यो पदद्वारा सबै जिल्लाको प्रशासन यन्त्र, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग आदि सबैमाथि नियन्त्रण हुन्छ । त्यो अवस्थामा एउटा अमेरिकापरस्त तत्त्वलाई त्यति महत्त्वपूर्ण पद दिने सम्पूर्ण देशका लागि घातक हुने छ भन्ने हाम्रो स्पष्ट र दृढ मत छ ।

    ६. तनहुँमा समेत “स्वतन्त्र पार्टी” को उम्मेदवारको जित भएको कुराबाट नेपालमा अमेरिकी साम्राज्यवादको खतराले गम्भीर रूप लिइरहेको कुराको सङ्केत गर्दछ । तनहुँमा “स्वतन्त्र पार्टी” को विजय यसकारणले बढी गम्भीर हुन जान्छ कि त्यो नेकाको बलियो आधार भएको ठाउँ हो । त्यहाँ नेकाको उम्मेदवारलाई जिताउन वर्तमान वा पूर्व प्रधानमन्त्रीसहित चार जना र कैयौँ प्रमुख दलका नेताहरूले पूरा शक्ति लगाएका थिए तैपनि त्यहाँ नेकाको उम्मेदवारको हार भयो । त्यो हारलाई सामान्य ठान्नु हँुदैन । त्यहाँसमेत “स्वतन्त्र पार्टी” को जितबाट अन्य प्रमुख राजनीतिक पार्टीका उम्मेदवारले जितेका देशका अन्य निर्वाचन क्षेत्रमा पनि आगामी चुनावसम्म उनीहरूका आधार भत्किँदै जान सक्ने सम्भावना देखिन्छ । तनहुँको उदाहरणबाट नेकाभित्रको प्रतिपक्षका अमेरिकी साम्राज्यवादसित बढी नजिक भएका अन्य केन्द्रीय नेता वा कार्यकर्ताहरू अरू ठुलो सङ्ख्यामा तनहुँमा देखा परेको प्रवृत्तिलाई अरू तीव्र गतिले अनुशरण गर्दै जाने सम्भावना देखिन्छ । देशका अन्य राजनीतिक दल वा सङ्गठनले पनि अमेरिकी साम्राज्यवादप्रति अपनाएको ढुलमुल र सम्झौतापरस्त नीतिका कारणले तिनीहरूले पनि तनहुँको बाटो समात्दै जाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तनहुँको बाटोको अर्थ हुन्छ : विभिन्न राजनीतिक सङ्गठनबाट “स्वतन्त्र” पार्टीमा प्रवेशको गतिको तीव्रता । अन्य दलको पराजयभन्दा अमेरिकापरस्त तत्त्वको विजय देशको लागि गम्भीर चिन्ताको कुरा हो । त्यसबाट देशमा अमेरिकी साम्राज्यवादले संसद् र देशको राज्ययन्त्रमा समेत नियन्त्रण कायम गर्न सक्ने खतरा बढ्दै गएको देखिन्छ । अन्य राजनीतिक दलको त्यो खतराप्रति कम ध्यान गएको र एक वा अर्को प्रकारले उनीहरूले अमेरिकी साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउँदै गएको कुराबाट त्यो खतराको गम्भीरतालाई अरू बढाउँछ । त्यो समस्याको समाधानको एउटै बाटो छ : सबै देशभक्त शक्ति, सङ्घसंस्था, बुद्धिजीवी र आमजनताले समेत अमेरिकी साम्राज्यवादका विरुद्ध व्यापक रूपले जनचेतना उठाउन र सङ्घर्षमा जोड दिनुपर्दछ ।

    ७. यसका लागि हामीले प्रशन्नता प्रकट गर्नुपर्दछ कि बाराको उपचुनावमा अमेरिकापरस्त पक्षको हार भएको छ । त्यहाँ “स्वतन्त्र पार्टी” को उम्मेदवारको हार भएको छ । “स्वतन्त्र पार्टी” ले अहिले चितवन र तनहुँमा कुनै सिद्धान्त नीति र कार्यक्रम, सङ्गठन वा कुनै राजनीतिक पृष्ठभूमिका आधारमा विजय प्राप्त गरेको होइन, त्यसको आधार प्रथमत: नानीमैयाको जस्तो लहरको परिणाम हो । नानीमैया लहर भन्नुको अर्थ हो : कुनै सकारात्मक राजनीतिक नीति र कार्यक्रमका आधारमा होइन, विद्यमान व्यवस्थाप्रतिको असन्तुष्टि र आक्रोशको आधारमा चुनावमा विजय । उनले पनि कुनै राजनीतिक नीति र कार्यक्रमका आधारमा हैन, निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाप्रतिको जनअसन्तोषका आधारमा नै काठमाडौँमा चुनाव जितेकी थिइन् । अहिले पनि ठुला र सत्तारूढ राजनीतिक पार्टी र सङ्गठनका गलत नीति र कार्यशैलीका कारणले जनतामा जुन व्यापक असन्तोष पैदा भएको छ, त्यो कारणले पनि “स्वतन्त्र पार्टी” ले केही फाइदा उठाएको छ । त्यस प्रकारको असन्तोषको लहरबाट गणतन्त्रसमेत प्रति जनताको असन्तोष बढ्दै जाने र त्यसको परिणामस्वरूप गणतन्त्र समाप्त भएर राजतन्त्रको पुनस्र्थापना हुने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । त्यसप्रति सबै गणतन्त्र पक्षधर शक्तिको ध्यान जानुपर्ने आवश्यकता छ । जे होस्, चितवनले अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षको बिगुल फुकेर नयाँ इतिहासको रचना गरेको छ भने बारामा अमेरिकी साम्राज्यवाद पक्षधरको हार भयो । त्यो स्वागतयोग्य कुरा हो ।

    ८. “स्वतन्त्र पार्टी” ले मङ्सिर ४ गतेको संसदीय चुनावमा जुन सफलता प्राप्त गरेको छ, त्यसको पहिलो कारण नानीमैया लहर हो भने दोस्रो र प्रधान कारण अमेरिकी साम्राज्यवादको प्रभाव तथा साधन र स्रोत पनि हुन् । स्वतन्त्र पार्टीको मङ्सिर ४ गते वा अहिलेको उपचुनावमा विजयका सन्दर्भमा लोकप्रियतावाद (पपुलिज्म) ले काम गरेको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । संसारमा लोकप्रियताको लहर वा लोकप्रियतावादबाट उत्पन्न भएको जनमतका कारणले पनि कैयौँ गलत तत्त्वले चुनावमा भारी विजय प्राप्त गर्ने गरेका उदाहरण थुप्रै पाइन्छन् । लोकप्रियतावादको लहरको अर्थ हुन्छ : कुनै सिद्धान्त, नीति, कार्यक्रम वा जनहितैषी कार्यक्रमको आधारमा होइन, एक वा अर्को प्रकारका गलत भावनालाई उभारेर गलत तत्त्वले चुनाव जित्नु नै हुन जान्छ । संसारमा त्यस प्रकारका थुप्रै उदाहरण छन् तर यहाँ हामीले अन्तर्राष्ट्रिय स्तरका दुईओटा उदाहरणको मात्र चर्चा गर्ने छौँ : प्रथम, हिटलरको नाजीवाद । हिटलरले जातिवादको, यहुदीको विरोध र जर्मन जातिको श्रेष्ठताका जातीय व्याख्याका आधारमा व्यापक जनमत जुटाएका थिए र चुनावमा सफलता पनि प्राप्त गरे । जर्मनका इतिहासकारहरूले यो मत प्रकट गरेका छन् कि महिलाका व्यापक समर्थन र भारी मतका कारणले नै हिटलरले विजय प्राप्त गरेका थिए । जर्मनका महिलाको अत्यधिक मतले हिटलरलाई विजय बनायो तर पछि हिटलरले चलाएको आतङ्क र अत्याचारका कारणले ठुलो सङ्ख्यामा उनीहरूका पति, पिता, छोरा आदि वा स्वयम् महिलालाई पनि हिटलरद्वारा यातना दिने वा हत्या गर्ने काम गरिएको हुनाले जर्मनी मात्र हैन, संसारभरि नै महिलामा ठुलो रुवाबासी भएको थियो । द्वितीय– भारतमा हिन्दु धर्मको समर्थन र मुसलमानको विरोधका भावनालाई उभारेर भारतीय जनता पार्टीले चुनावमा बारम्बार सफलता प्राप्त गर्दै आएको छ ।

    ९. यस सन्दर्भमा नेपालका केही उदारहरणको चर्चा गर्नु पनि अप्रासङ्गिक हुने छैन । राजा महेन्द्रले विपी सरकारका विरुद्ध पैदा भएका जनमत र भ्रष्टाचारसमेतका विरुद्धका जनभावनालाई उभारेर पञ्चायती व्यवस्था कायम गरेका थिए र त्यो व्यवस्था ३० वर्षसम्म रहेको थियो तर त्यो पञ्चायती कालमा जनतामाथि कति भ्रष्टाचार, तस्करी र महिलामाथि बलात्कारसमेत भए । त्यो कुराको इतिहास साक्षी छ । त्यही प्रकारको परम्परालाई अगाडि बढाउँदै अहिले पनि राजावादी, “स्वतन्त्र पार्टी” वा कतिपय स्वतन्त्र व्यक्तिले पुराना पार्टी, भ्रष्टाचार आदिको कुरा उठाउँदै आफ्नो पक्षमा जनमत तयार पार्ने प्रयत्न गर्दै आएका छन् । जनताले पनि लोकप्रियतावादी विचारका कारणले संसारमा भएका कैयौँ गम्भीर परिणाममाथि विचार नगरिकन अन्धाधुन्द प्रकारले राजावादी वा साम्राज्यवादपरस्त तत्त्वका पछाडि लाग्ने काम गरिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको लोकप्रियतावादी लहरका गम्भीर दुष्परिणाम हुने छन् । त्यसकारण नेपाली जनताले लोकप्रियतावाद जस्तो गलत जनमतका आधारमा शक्तिशाली बन्न खोजिरहेका राजावादी र अमेरिकी साम्राज्यवादपरस्त तत्त्व र अमेरिकी साम्राज्यवादसमेतका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने र उनीहरूबाट सम्भावित खतराका विरुद्धको सङ्घर्षमा जोड दिनुपर्ने आवश्यकता छ । त्यसरी नै देशमा गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियता र सार्वभौमिकतासमेतको रक्षा सम्भव हुने छ । हामीले त्यो गर्नुपर्दछ र गर्नु सम्भव पनि छ र अहिले सम्पूर्ण देश र जनताका लागि त्यो निर्णयात्मक आवश्वकता नै भएको छ ।

    १०. आज नेपालमा अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्ष कति धेरै महत्त्वपूर्ण र आवश्यक बनेको छ ? त्यो कुरा माथिको सङ्क्षिप्त विवरणबाट प्रष्ट हुन्छ । त्यसका साथै राष्ट्रिय महत्त्वका अन्य कतिपय पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता देखिन्छ । हामीले माथि नानीमैया लहर, लोकप्रियतावाद वा अमेरिकी प्रभावका कारणले स्वतन्त्र पार्टीको प्रभाव बढ्दै गएको कुराको उल्लेख गर्‍यौँ तर त्यसका साथै यो पक्षलाई पनि हामीले हल्का रूपमा लिन हुने छैन कि देशका प्रमुख राजनीतिक दल वा सत्तारूढ सङ्गठनले अपनाउँदै आएका गलत नीति वा कार्यप्रणालीका कारणले पनि प्रतिगामी वा अमेरिकापरस्त तत्त्वलाई बल प्राप्त भएको छ । त्यसकारण हामीले देशका प्रमुख वा सत्तारूढ राजनीतिक पार्टी वा सङ्गठनका गलत नीति वा कार्यप्रणालीको पनि आलोचना वा विरोध गर्नुपर्दछ र अग्रगामी परिवर्तनको पक्षमा जनचेतना उठाउँदै र आधार तयार पार्दै लैजानुपर्दछ तर त्यस सन्दर्भमा हामीले जनतालाई यो चेतना पनि दिँदै जानुपर्दछ कि कुनै गलत कुरा, प्रणाली वा व्यवस्थाको विरोधको अर्थ त्योभन्दा गलत कुरा, प्रणाली वा व्यवस्थातर्फ जानु वा अर्का शब्दमा अरू प्रतिगामी दिशामा जानु समस्याको समाधान होइन । त्यसबाट देश र जनताको कल्याण हुने होइन तर देशमा अरू गम्भीर र भयानक स्थिति उत्पन्न हुने छ र त्यसबाट मुक्ति पाउनका लागि पुन: लामो र कठिन सङ्घर्षको बाटो समात्नुपर्ने छ जस्तो कि नेकाको सरकारका गलत नीति, कार्यप्रणालीबाट मुक्ति पाउन जनताले राजाको निरङ्कुश शासनबाट आशा गरे तर परिणाम उल्टो भयो । जनताले त्यसका विरुद्ध लामो र कठिन सङ्घर्ष गर्नुपरेको थियो । आजको अवस्था त्योभन्दा गम्भीर छ । आज पुराना स्थापित राजनीतिक सङ्गठन वा उनीहरूका गलत नीति वा व्यवहारबाट मुक्ति पाउने नाममा देशमा पुन: राजतन्त्र आउँछ वा देश अमेरिकी साम्राज्यवादको प्रभुत्वमा जान्छ भने त्यो अवश्य नै देश र जनताको हितमा हुने छैन । नेकपा (मसाल) ले त्यो खतराप्रति सम्पूर्ण देश र जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।

    ११. अमेरिकी साम्राज्यवादको खतरा नेपालको मात्र समस्या नभएर त्यो विश्वव्यापी समस्या हो । साम्राज्यवादमा फासिवादी प्रवृत्ति पनि बढ्दै गइरहेको छ । त्यसको परिणामस्वरूप साम्राज्यवादद्वारा विभिन्न देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर खतरा पुग्नुको साथै विभिन्न देशमा लोकतान्त्रिक प्रणाली समाप्त हुने र त्यहाँ फासिस्ट शासन कायम हुने खतरा पनि बढ्दै गइरहेको छ । त्यो क्रममा नेपालमा अमेरिकी साम्राज्यवाद र प्रतिगमनका बिचमा साँठगाँठ बढेर जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसैले आज विश्वस्तरमा नै साम्राज्यवाद र फासिवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा नै संयुक्तमोर्चा बनाउनु अत्यन्त आवश्यक भएको छ र हामीले आशा गर्नुपर्दछ : साम्राज्यवाद, फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्तमोर्चाको छिट्टै निर्माण हुने छ । त्यसबाट अन्तर्राष्ट्रिय स्तरमा र नेपालमा पनि साम्राज्यवाद र फासिवाद विरुद्ध सङ्घर्षमा मदत पुग्ने छ भन्ने हामीले विश्वास गरेका छौँ ।

    १२. पहिलेको तुलनामा अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षको आवश्यकता धेरै नै बढेर गएको छ तर त्यसका लागि हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ तर अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सुरु गर्ने बेलामा हाम्रो पार्टीले पहिलेदेखि दिँदै आएको “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” नाराका आधारमा आन्दोलनलाई पनि साथसाथै अगाडि बढाउने हाम्रो नीति हुने छ । नेपालको सन्दर्भमा त्यो नै हाम्रो प्रधान नीति हुने छ ।

    १३. नेपालको सन्दर्भमा अमेरिकाको मुख्य उद्देश्य इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई आफ्नो सुरक्षा नीतिअन्तर्गत लैजाने नै हुन्छ । नेपालमा आफ्नो नियन्त्रण कायम हुनुको साथै अमेरिकाले नेपालका नीति वा कानुनलाई आफ्नो साम्राज्यवादी स्वार्थअनुरूप ढाल्दै जाने छ । एमसिसीद्वारा अमेरिकाले त्यसका लागि नीतिगत रूपमा मार्गप्रशस्त गरिसकेको छ । नेपालमा आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टी गठन गरेर त्यो द्वारा नेपाल सरकारमाथि आफ्नो प्रभुत्व कायम भएपछि नेपालको स्वतन्त्र अस्तित्व र भूमिका पूरै समाप्त हुने छ । अहिले नेपालका अमेरिकापरस्त तत्त्वले अमेरिकाको त्यही उद्देश्य पूरा गर्नका लागि पूरा शक्ति लगाइरहेका छन् । नेपाली जनताको उच्च प्रकारको राजनीतिक चेतना र आन्दोलनद्वारा नै त्यो अमेरिकी षड्यन्त्रलाई असफल पार्न सकिने छ र सक्नु पनि पर्दछ । त्यो उद्देश्य पूरा गर्न अमेरिकी साम्राज्यवादका विरुद्ध अगाडि आउने सबै वामपन्थी वा लोकतान्त्रिक शक्तिसित बढीभन्दा बढी कार्यगत एकता वा सहकार्य गर्ने हाम्रो प्रयत्न हुने छ ।

    १४. हाम्रो पार्टीको आठौँ महाधिवेशनले सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तर्विरोधलाई नै आजको मुख्य अन्तर्विरोध मानेको छ र हाम्रो त्यो विश्लेषण अहिले पनि सही छ । हामीले अहिले अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा जोड दिने बेलामा आठौँ महाधिवेशनको प्रधान अन्तर्विरोधसम्बन्धी विश्लेषणलाई परिवर्तन वा संशोधन गर्नु अवश्य पनि हुने छैन । त्यसका साथै जनताले दैनिक जीवनमा भोग्नु परिरहेका महङ्गी, भ्रष्टाचार, आर्थिक सङ्कट आदि समस्याबारे पनि आवाज उठाउँदै र सङ्घर्ष गर्दै जानुपर्ने छ तर ती कारणले अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्षलाई पन्छाउने जस्तो कुनै विचारलाई हामीले सही मान्दैनौँ ।

    १५. अमेरिकाले नेपालका युवकहरूलाई विभिन्न माध्यमद्वारा आफ्नो प्रभावमा लैजानको लागि योजनाबद्ध र सङ्गठित प्रकारले प्रयत्न गरेको पाइन्छ । त्यसले त्यसरी नेपालका सम्पूर्ण युवकलाई भ्रष्ट पार्न खोजेको देखिन्छ । त्यो नेपालको लागि गम्भीर खतराको कुरा हो र त्यसप्रति सचेत हुन हामीलाई नेपालका सम्पूर्ण युवकको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.