• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

एक्काइसौँ शताब्दीमा महिलाहरूको अवस्था


  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
  • सावित्रा रेग्मी ##

    Advertisement

    मानव समाजको अविरल विकासका लागि पुरुष र महिला बिचको अन्तरसम्बन्ध अनिवार्य आवश्यकता हो । आदिम साम्यवाद युगमा मातृसत्तात्मक युग थियो । त्यसबेला महिलाको बोलबाला थियो तर जब मानव समाजको विकास हुँदै गयो, पुरुषले महिलामाथि अत्याचार र अधिकारमाथि हस्तक्षेप गर्दै गए ।

    महिलालाई मनोरञ्जनको साधनको रूपमा उपयोग गर्दै सन्तान उत्पादनमा मात्र सीमित राख्दै मानव समाजलाई पुरुष प्रधान समाजमा परिणत गर्न पुग्यो । पुरुष प्रधान समाजभित्र महिला यति पीडित छन् कि पुरुष समाजमा महिलाको असीमित अधिकारलाई समेत लात मारेर समाजको सम्पूर्ण अधिकार आफ्नो कब्जामा लिँदै महिलालाई सुन्दरीको नाममा आफ्नो माल बिक्री गर्ने विज्ञापनको माध्यम बनाइरहेको छ ।

    वास्तवमा महिला र पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हुन । ती दुवै समान रूपमा हुन्छन् । महिला वा पुरुषबेगर सृष्टिमा नै बाधा पुग्दछ तर यो पुरुष प्रधान समाजमा महिलालाई हेर्ने दृष्टिकोण अत्यन्तै दयनीय छ ।

    समाजमा महिलाको सवालमा यस खालका गलत दृष्टिकोण पाइन्छन् :

    (१) महिलाहरू हरेक घरको बच्चा जन्माउने मेसिन मात्र हुन् ।
    (२) घरको सम्पूर्ण व्यवहार सम्हाल्निे नोकर्नी वा दासी मात्र हुन् ।
    (३) अर्काको खुट्टामा उभिने परिजीवी हुन् ।
    (४) महिलालाई पुरुषको इसारामा नाच्ने गुडिया मात्र हुन् ।

    अहिले पनि हाम्रो समाज पितृसत्तात्मक छ । मात्र यहाँ पुरुषरूो बोलवाला छ । पैत्रिक सम्पत्तिमा, राजनैतिक, सामाजिक, आर्थिक नियम, कानुन, अदालत सबैमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महिलामाथि चर्को दमन छ । यस प्रकारको पितृसत्तात्मक प्रवृत्ति विरुद्ध महिलाले लगातार सङ्घर्ष गर्दै आइरहेका छन् ।
    सामन्ती युगमा महिलाले पुरुषसरह मौलिक अधिकार पाउँदैनथे । घरपरिवार व्यवस्थापनभन्दा बाहिर निस्कनु उनीहरूका लागि ठुलो चुनौती थियो । राजनैतिक परिवर्तनसँगै महिलाले पुरुषसरह अधिकार पाएको भनिएता पनि सार रूपमा पुरुष प्रभुत्व यथावतै छ । पुँजीवादको विकासले महिला स्वतन्त्रताको नाममा पुरुषको मनोरञ्जनको साधन र पुँजीवादी उत्पादनको विज्ञापन साधनको रूपमा प्रयोग हुँदै आइरहेको छ । यस प्रकारको महिलालाई प्रयोग गर्ने अवस्थाले पनि महिलामाथि पुरुषको आधिपत्य कायमै छ ।

    एकदुई वर्षको बच्चादेखि ८०÷८५ वर्षको वृद्धसम्म वर्षमा हजारौँ सङ्ख्यामा नारीहरू बलात्कृत हुन्छन् । हजारौँ नारी आफन्त वा विभिन्न माध्यमबाट विभिन्न देशमा बेचिएका हुन्छन् । एकदुई दिनको अवोध बच्चासमेत बाँकी रहदैनन् ।

    नेपालमा दाइजोको कारणले अहिले पनि हजारौँ नारी ज्युँँदै जलाइन्छन् । सहिनसक्नु पारिवारिक यातनाका साथै सबै परिवार मिलेर दाइजो नल्याएको निहँमा घरमै दबाइदिने गर्दछन् ।

    हाम्रो देशको व्यवस्थाले धनी परिवारका महिलादेखि गरिब वर्गका महिलासम्म पनि स्वतन्त्र छैनन् । हरेक महिला घरपरिवारको बन्धनमा बाँधिएका हुन्छन् । महिलाहरू आर्थिक, सामाजिक, राजनैतिक, पारिवारिक बन्धनले मुक्तिको लागि सबै एकजुट हुन अत्यन्तै आवश्यक छ ।

    महिला मुक्तिको लागि महिला आफै उठ्नु त पर्छ तर पुरुष प्रधान समाज परिवर्तन नभइकन महिलामुक्ति सम्भव छैन । पुरुष प्रधान समाजमा परिवर्तन गर्न पुरुषहरू पनि महिलामुक्तिको लागि अग्रसर हुनु अनिवार्य छ र महिला आन्दोलनले आफ्नो आन्दोलनको पक्षमा पुरुष प्रधान समाजमाथि दबाब सृजना गर्न सक्नुपर्दछ ।

    प्रगतिशील पुरुषमा पनि बाहिरी आवरणमा महिला मुक्तिको सिद्धान्त अपनाएको पाइन्छ तर फेरि तिनै पुरुषबाट महिलामाथि घर घरमा दमन, मानसिक उत्पीडन, दुव्र्यवहार सहन बाध्य भएका छन् । यसरी चारैतर्फ बाट महिलामाथि अन्याय, अत्याचार भइरहेको छ ।

    नारीहरू नेपाललगायत विश्वभरि एकल वा संयुक्त रूपले महिलामुक्तिका लागि सङ्घर्ष गरिरहेका छन् । उक्त सङ्घर्षले राजनीतिक क्षेत्रलाई प्रभावित पारेर महिला अधिकारको उपलब्धि पनि नपाएको त होइन, त्यसमाथि पुरुषको सत्ता नयाँ स्वरूपमा कायम हुँदै गइरहेको छ । वर्गीय समाजको अन्तपछि पनि नारीमुक्तिको प्रश्न उठिरहने त होइन ? वर्गीय मुक्ति आन्दोलनमा लाग्ने पुरुष सत्ताले पुनः पुरुष सत्ता नै कायम गर्ने त होइन ? त्यसैले अहिलेसम्म रहेको र वर्गीय मुक्तिपछि पनि नारीपुरुष सत्ता वा अधिकारबारे अहिलेदेखि नै बहसमा जान जरुरी छ ।

    मानव समाजलाई वैज्ञानिक र विकसित दिशामा अघि बढाउनका लागि अहिलेसम्म कायम रहिरहेको पुरुष सत्ताको संरचनामाथि नेपाल र विश्वका महिलाले गहन रूपमा बहसमा उत्रिन जरुरी छ । यस्तो अवस्थामा पुरुषभन्दा अगाडि बढेर स्वयम् हामी महिला नै महिलामुक्तिका लागि अग्रिम पङ्क्तिमा नै लाग्नु जरुरी छ ।

    जबसम्म हामी आफ्नो अधिकारका लागि सङ्घर्षमा उत्रिदैनौँ, तबसम्म हामीले आफ्नो अधिकार लिन सक्दैनौँ किनकि अधिकार मागेर पाइदैन । त्यसैले नारीमुक्तिको लागि एकजुट होऊँ ।

     

    मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.