प्युठान । नेकपा (मसाल) ले देशब्यापी सञ्चालन गरेको ऐतिहासिक तीन अभियानको प्युठानमा पनि उद्घाटन गरिएको छ । १३४औँ मदुर दिवसका अवसरमा सोमबार प्युठानमा एक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले गर्नुभयो ।
कार्यक्रमलाई नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने, राष्ट्रिय सभा सदस्य एवम् जातीय समता समाजका अध्यक्ष राजेश विक, वामपन्थी नेता सुरेश थापा, राजमोका केन्द्रीय सदस्य नारायण जिसीलगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।

मसालले सोमबार श्रमिक दिवसका अवसर पारेर ‘ ‘ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौँ’ नाराका साथ देशैभरबाट ऐतिहासिक तीन अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत अन्तर्गत कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्षका अवसरमा हिरक जयन्ती, लेनिनको स्मृति शताब्दी दिवस र पार्टीको नवौं महाधिवेशन को तयारी अन्तर्गत वर्षभरी देशव्यापी कार्यक्रम गरिने छ ।