पथलैया । मधेस प्रदेशको बारामा नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानको उद्घाटन गरिएको छ ।
नेकपा (मसाल) बारा जिल्ला समितिको आयोजनामा २०८० वैशाख १८ गते एक सय तेइसौँ मेदिवससँगै कार्यक्रमको उद्घाटन गरिएको हो ।
नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराईको अधयक्षतामा सुरु भएको सो कार्यक्रमको सञ्चालन नारायणदत्त शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) ले निश्चित गरेका कार्यक्रमलाई वर्षभरि नै सफलताको साथ सम्पन्न गर्ने प्रतिबद्धताका साथ वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
मन्तव्य राख्नेहरूमा राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शेरबहादुर कार्की, राजमो बाराका अध्यक्ष जीवनकुमार भट्टराई, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य हेमा केसी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला उपाध्यक्ष हेमराज पौडेल, अखिल नेपाल युवक सङ्घका कुलप्रसाद आचार्य, राजमो जिल्ला सदस्य काशिराम उपाध्याय र मजदुर नेता गोपालचन्द बोहरा हुनुहुन्थ्यो ।
सो अवसरमा वक्ताहरूले एक सय चौतिसौँ मेदिवसको बारेमा पनि चर्चा गर्नुभएको थियो ।