काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा रहेको फेरिल्याण्ड इनटरनेसनल स्कुलले विज्ञबाट शिक्षक शिक्षिकलाई प्रशिक्षण दिएको छ ।
Advertisement
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गणेश अधिकारीले शिक्षकहरुलाई शिक्षण सिकाई र वैज्ञानिक शिक्षा प्रणालीका बारेमा प्रशिक्षण दिनुभएको हो ।

विद्यालयको पठन पाठनलाई थप व्यवहारिक र प्रभावकारी बनाउनका लागि तालिम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले बताउनुभयो ।
उहाँले शैक्षिक शत्रमा विद्यार्थीहरुको शैक्षिक र रचनात्मक गतिविधिहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।