काठमाडौं । आइतबार दिउँसो बीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् ।
बीर अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेका ठाउमा खसेको हो ।
Advertisement
पर्खाललाई नछोपेको र घामपानीले अशर गरेर कमजोर बनेको पर्खाल आज परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ ।
छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते भएका छन् ।
घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले बताएको छ ।