• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वैशाख १४ देखि ‘राष्ट्रिय चिया दिवस’ काठमाडौं र इलाममा


  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
  • काठमाडौं । ‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करण यही वैशाख १४ गते हुने भएको छ।

    Advertisement

    ‘राष्ट्रिय चिया दिवस’ को २७ औं संस्करणको कार्यक्रम १४ गते काठमाडौंमा र १५ र १६ गते भने इलामको फिक्कलमा सञ्चालन गर्ने भएको हो।

    सो कार्यक्रमको अवसरमा नेपाली अर्थोडिक्स चियामा लागू हुने टे«साविलिटी प्रणाली को शुरुवातसँगै राष्ट्रिय चिया उद्यमीहरुलाई सम्मान समेत गरिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष डा.विष्णुप्रसाद भट्टराईले बताए।

    उनले यस वर्ष गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ भन्ने मुल नारासहित मनाउन लागिएको बताए।

    उनले आ.व. २०७८/०७९ को तथ्यांक अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक टन चिया उत्पादन भएको बताए। उनले अहिले १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमीकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेको बताए।

    गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व.२०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिकटन चिया निर्यात भएको बताए।
    आ.व. २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८२५ मेट्रिक्टन रहेकोमा आ.व. २०७८/०७९ मा बढेर १३ हजार ८८५ मेट्रिक्टन पुगेको पनि बताए। उनले गत वर्षहरुमा भन्दा चियाको आयात पनि ४० प्रतिशत भन्दा बढीले घटेको बताए। नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा समस्या रहेको र मिसावटयुक्त रहेको जस्ता आरोपहरु खेप्नुपरेको भन्दै नेपाली चिया गुणस्तरयुक्त हुँदाहुँदै पनि कम मूल्यमा बेच्नुपर्दा क्षमताअनुसार नाफामुलक बन्न नसकेको गुनासो गरे।

    अध्यक्ष भट्टराईले नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधि सम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुँदा नेपालको आफ्नै चियाको जात तथा प्रविधि विकास हुन नसकेको बताए।

    उनले चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिंचाई पूर्वाधारको अभाव, भन्सार नाकाहरुमा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला नहुनु, न्युन विनियोजित श्रोत/साधन लगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको बताए। उनले बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प नरहेको पनि बताए।

    बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.