• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’


  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालि–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ । उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ ।

    Advertisement

    वर्षौंदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ । त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपमा पहिचान बनाउँदै छ । यसरी पहिचान बनाउन २१ वर्षभन्दा बढी समय र करिब दुई हजार मानिसको योगदान खर्चिएको छ ।

    विसं २०७६ साउन २८ मा स्वर्गद्वारले कानुनी स्वरुप ग्रहण गरे पनि ‘श्मशानदेखि स्वर्गद्वार’ को यात्रा भने २१ वर्ष अघिदेखि सुरु भएको यस अभियानका अगुवा जनकपुरधाम निवासी पवनकुमार सिंघानियाको भनाइ छ ।

    ‘विसं २०५८ मङ्सिर–पुसतिर मेरो पिताजी हरद्वारीलाल सिंघानियालाई विसञ्चो भएपछि उहाँको अनुपस्थितिमा एकदिन मैले मलामी जानुपर्ने भयो । त्यहाँ जाँदा फोहर र दुर्गन्धले एकछिन टिक्न पनि मुस्किल भयो’, उहाँले स्मरण गर्नुभयो, ‘फोहरको डुङ्गुर र त्यसको दुर्गन्धले मरेको लासलाई पनि गिज्याइरहेको थियो । मलामीहरूलाई सास्ती दिइरहेको थियो । त्यही दिन सङ्कल्प परे श्मशानघाटलाई यस्तै रहन दिनुहुँदैन । त्यहीबाट सुधार अभियान सुरु भयो ।’

    उहाँका अनुसार सोही वर्ष माघ १ गतेदेखि श्मशानघाट स्वच्छता अभियानले औपचारिकता पायो र माघ ७ गते नगरपालिकालाई यसबारेमा जानकारी दिइयो ।

    ‘मृत्यु शाश्वत सत्य हो । जतिसुकै आलिसान महलमा बसे पनि एकदिन मान्छेले आउनैपर्ने अन्तिम घर यही श्मशानघाट त रहेछ ! त्यसैले यो ‘नर्क’ जस्तो घरलाई ‘स्वर्ग’ बनाउन लागौँ भनेर बिन्ती गरेँ’, अभियान शुभारम्भ गर्दाको क्षण सिंघानियाले सम्झनुभयो । त्यसबेला धेरैले हाँसोको पात्र बनाएको र व्यापारिक घरानाको तन्नेरीले फोहर तथा दुर्गन्ध सफा गर्ने कुरा धेरैले नपत्याएको सन्दर्भ पनि उहाँको मनस्पटलमा ताजै छ ।

    ‘मृत्यु सत्य हो बाँकी सबै भ्रम । मृत्युलाई रोक्न त सकिँदैन तर त्यसलाई पनि सहज र मृत्यु संस्कारलाई सभ्य बनाउन सकिन्छ । हिन्दूहरूको श्मशानभन्दा मुसलमानहरूको कब्रिस्थान सफा र व्यवस्थित छ । हामी पनि व्यवस्थित गरौँभन्दा धेरैले हाँसोमा उडाए’, सिंघानिया रासससँग भन्नुहुन्छ, ‘जसले जे भने पनि मैले आफ्नो सङ्कल्पलाई छोडेन । विभिन्न उपाय अपनाएर आफ्नो कामलाई निरन्तरता दिएँ । धेरैले साथ पनि दिनुभयो । आज पर्यन्त यसैमा लागिरहेको छु, त्यसको परिणाम अहिले तपाईँहरूको अगाडि छ ।’

    सिंघानियाले श्मशान सुधारको योजना सुनाएको विषय तत्कालीन नगरप्रमुख बजरङ्गप्रसाद साहको पनि स्मरणमै छ ।

    ‘श्मशान सुधारको योजना ल्याउँदा उनको (सिंघानिया) उमेर र व्यापारिक घरानाको पृष्ठभूमिले गर्दा सुरुमा धेरैले पत्याएनन् । मसँग पनि धेरैपटक कुरा भयो । वास्तवमा त्यो सराहनीय पहल थियो, त्यसैले मैले पनि सक्दो सहयोग गरेँ’, साहले भन्नुभयो, ‘म भारतको गुजरात प्रदेशमा आयोजित एउटा सम्मेलनमा जाँदा द्वारिकाधाम क्षेत्रमा बनाइएको व्यवस्थित श्मशानघाट देखेर फर्किएको थिए । संयोग नै भन्नुपर्छ त्यसको केही समयपछि सिंघानियाले जनकपुरमै श्मशानलाई स्वर्गद्वार बनाउने प्रस्ताव ल्याउनुभयो ।’

    जग्गा व्यवस्थापनदेखि अन्य काममा सक्दो सहयोग गरेको त्यो अभियानले स्वर्गद्वारलाई जनकपुरमा हेर्न लायक ठाउँको रूपमा विकास गरेको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।

    विसं २०५८ फागुन १७ गतेदेखि स्वर्गद्वार निर्माण सुरु भएको थियो । तीन सय ४५ फिट लम्बाइ र एक सय २५ फिट चौडाइभित्र बाबा भूतनाथको मन्दिर, दुईकोठे धर्मशाला, भैरवनाथ मन्दिर तथा सो मन्दिरको छेउमा भोलेनाथ शेषनागको छायाँमा माता पार्वतीसहितको मनमोहक दृश्य हेर्न लायक छ । स्वर्गद्वारको बीच भागमा दुई सय फिट लम्बाइ र ४० फिट चौडाइको शव जलाउने ठाउँ, पश्चिमतर्फ व्यवस्थापन समिति तथा शवयात्री (मलामी) विश्राम गर्न पाँचकोठे धर्मशाला बनाइएको छ ।

    त्यसैगरी प्रवेशद्वारदेखि बाबा भूतनाथ मन्दिरसम्म १२ फिट चौडाइ र करिब दुई सय १० फिट लम्बाइको पैदलमार्ग, त्यसैमा रङ्गीबिरङ्गी फूल, यो देख्दा लाग्छ श्मशानघाट नभई यो कुनै उद्यान हो ।

    ‘यहाँ मलामीमात्रै होइन, जनकपुरधाम घुम्न आउने अरु पर्यटक पनि आउँछन्, तस्बिर खिचाउँछन् र रमाएर जान्छन्’, विगत १० वर्षदेखि शव जलाउने काममा सहयोग गर्दै आउनुभएका हीरा मल्लिकले भन्नुभयो, ‘मैले काम सुरु गर्दा यो ठाउँ देखेर डराउँथे, नाकमुख थुन्थे तर अहिले मलामीहरू पनि खुसी भएर जान्छन् । यस्तो श्मशानघाट देखेकै छैनौँ भन्छन् ।’

    हीरा मल्लिकमात्रै होइन, कठियारी (लाश जलाउने मान्छे) विपत्ति डोम पनि श्मशानघाटमा लाश ल्याएर आउनेहरूको खुसी देखेर आफूलाई रमाइलो लाग्ने गरेको सुनाउनुहुन्छ । ‘मैले अरु श्मशानघाटमा पनि काम गरेको छु । आफन्त मरेको पीडामा आँशु पुछ्नेभन्दा फोहर र दुर्गन्धले नाकमुख थुन्नै सकस हुन्छ, तर यहाँ त्यसो गर्नुपर्दैन’, उहाँले भन्नुभयो, ‘यहाँको वातावरण देखेर मलाई पनि रमाइलो लाग्छ, तनाव पनि दूर हुन्छ ।’

    यो त श्मशानघाटभित्रको कुरा भयो । त्योभन्दा आकर्षक त बाहिरको वातावरण छ । मलामी र बटुवाहरूलाई एकपटक रोकिएर हेर्न बाध्य बनाउने उक्तिहरू पर्खालमा कुदिएका छन् ।

    केही पङ्क्तिहरू–
    मृत्यु के बाद यही है जीवनका कड्वा सचः
    ‘पत्नी’ मकान तक,
    ‘समाज’ श्मशान तक,
    ‘पुत्र’ अग्निदान तक,
    सिर्फ आपके ‘कर्म’ भगवान तक ।।
    ।।।

    कौन दोषी है या निर्दोष मालूम नहि था खंजरको,
    बगिया दूसरे की बिगडेगी मालूम नहि था बन्दरको ।।
    कितनी पानी है अन्दर मालूम नहि था समुन्दरको,
    एक दिन खाली हात जाना पडेगा मालूम नहि था सिकन्दरको ।।
    ।।।।।।
    इंसान भी क्या चीज हैः
    दौलत कमाने के लिए सेहत खो देता है,
    सेहत को वापस पाने के लिए दौलत खो देता है ।।
    जीता एैसे है जैसे कभी मरेगा ही नही,
    और मर एैसे जाता है जैसे कभी जिया ही नही ।।

    पर्खालमा लेखिएका यस्ता तमाम् हरफले यहाँ आउने हरेक मान्छेलाई जीवन र मृत्यु, सम्बन्ध र सम्पत्तिको मोहबाट एकछिनका लागि भए पनि मुक्त गराई क्षणभङ्गुर संसार, शाश्वत मृत्यको बोध गराई ‘मनुर्भव’ अर्थात् ‘मान्छे बन’ भनेर सिकाउँछन् ।

    ‘कतिपयले पर्खालमा कुदिएका उद्धरण, पर्खालभित्रको वातावरण देखेर ‘अहो ! श्मशानघाट पनि मरौँ मरौँजस्तो लाग्ने’ भनेर व्यक्त गरेको भाव सुन्दा बिछट्टै आनन्द आउँछ’, अभियानी सिंघानियाले सुनाउनुभयो ।

    कठियारी मल्लिकका अनुसार कुनै बेला श्मशान भनेपछि भाग्नेहरू अहिले तस्बिर खिचाउन आउँछन्, यहाँका भित्ताहरूसँग बोल्छन् र केही न केही शिक्षा लिएर जान्छन् ।

    यस्तो अवस्था निर्माण गर्न सिंघानियालाई अहिलेसम्म सरकार, सङ्घसंस्था र व्यक्ति गरी एक हजार आठ सयभन्दा बढीले सहयोग गरेका छन् । करिब रु तीन करोड रकम खर्च भएको छ ।

    ‘सुरुमा सम्झाउन गाह्रो भयो । बिन्ती गरेरै भए पनि सहयोग जुटाएँ । दश वर्षसम्म एक सय आठ जनाबाट मासिक रु एक हजार एक सयका दरले सहयोग लिए तर प्रत्येक महिना पैसा दिने र उठाउने दुवैलाई झन्झट हुने भएपछि अहिले रु एक करोड ५१ लाखको अक्षयकोष बनाइएको छ’, सिंघानियाले सुनाउनुभयो ।

    यो त भाग एकको कुरा भयो । त्यही छेऊमा स्वर्गद्वार भाग–२ निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको भाग–२ मा सानै उम्मेरमा ज्यान गुमाउने बालबच्चाको शव व्यवस्थापन गरिने छ । रासस

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.