• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • काठमाडौं । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ ।

    Advertisement

    झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ ।

    यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, ‘पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो । ‘लाइट लोड’ कायम छ ।’ विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन् ।

    प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ । कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ । एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो । त्यो समाधान भइसकेको छ ।’

    धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए । रुपैनीमा प्राविधिक समस्या देखिएको थियो । सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो । अहिले कुनै जटिलता छैन ।’

    बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो । यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ । तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ ।

    यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ । निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन् । औद्योगिक ग्राहकको विद्युत् माग बढेको छ । त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ ।

    तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ । अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २/३ बजेसम्म बिजुली नपठाउने गरेको छ । ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उहाँको भनाइ छ ।

    आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा– ढल्केबर– इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ । सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ । यस्तै, हेटौँडा– भरतपुर– बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ । सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ ।

    उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

    ‘प्रि–मनसुन सुरु हुनुअघि समस्या हुनसक्छ । तर अर्को वर्षको सुक्खा समयमा यो समस्या आउँदैन’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । प्रसारणलाइनका कारणले छोटो समयका लागि समस्या देखिएको हो । केही समयपछि फेरि हामी निर्यातमा जानुपर्ने उहाँको भनाइ छ ।

    ‘कम्तीमा पनि एक हजार मेगावाट बिजुली निर्यात गर्नैपर्छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ’, उहाँले भन्नुभयो । प्राधिकरणले कूल चार सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको थियो ।

    अझै एक दर्जन आयोजनाको बिजुली निर्यातका लागि अनुरोध गरिएको छ । उहाँले सन् २०५० सम्मको आपूर्ति व्यवस्थापनका लागि प्रसारण, सवस्टेशन निर्माणका लागि रु १० खर्ब बराबरको लगानी जरुरी रहेको जानकारी दिनुभयो । हाल दैनिक अवस्था हेरी पाँच सय मेगावाट बराबरको बिजुली आयात भइरहेको छ ।रासस

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.