चितवन । आइतबार भएको मतदानका क्रममा चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा तनाव भएको छ ।
Advertisement
मतदानस्थलमा राष्ट्रिय स्तवन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि तनाव भएको हो।
उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थक नाराबाजीमा उत्रिएका थिए। त्यसपछि त्यहाँ रहेका अन्य दलका कार्यकर्ता विरोधमा उत्रिएका थिए।
नाराबाजीले तनाव भएपछि रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिइसकेको छ।
प्रहरीले लाठीचार्ज गरेपछि मतदान केन्द्रमा केहीबेर भागाभागको अवस्था आयो। तनाव बढ्न नदिन अहिले त्यस मतदान केन्द्रबाहिर नेपाली सेनाको टोली पुगिसकेको छ।
आज उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ सहित बारा २ र तनहुँ १ मा पनि मतदान भइरहेको छ ।