काठमाडौं । सरकारले जिल्ला समन्वय समिति, प्युठानको जग्गामा जिल्ला स्वास्थ्य कार्यालयको प्रशासनिक भवन बनाउन स्वीकृति दिएको छ ।
वैशाख ५ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । दिने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्मार्णाथ उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु निर्णयहरु
‘राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधीवक्ताहरुलाई स्वीकृति दिने ।
अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक श्री राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने ।
लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउण्टेण्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने ।
सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी श्री शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने ।
नेपाल—भारत पेट्रोलियम तथा ग्याँस सम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौथो बैठक मिति २०८०÷०१÷१२ मा काठमाडौंमा आयोजना गर्ने ।
जिल्ला समन्वय समिति, प्युठानको नाममा दर्ता रहेको प्युठान जिल्ला साविक विजयनगर गा.वि.स. वडा नम्बर २ स्थित ०—२—२—० र ५—६—३—१ रोपनी जग्गा सोही स्वास्थ्य कार्यालय, प्युठानको प्रशासनिक भवन निर्मार्णाथ उपयोग गर्न स्वीकृति दिने ।
स्याङ्जा जिल्ला साविक पुतलीबजार गा.वि.स. वडा नम्बर ९ स्थित ४—१—१—३ र ११—१—२—२ रोपनी सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने ।
भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने ।
काठमाडौं—तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
काठमाडौं—तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत्र मसान्तसम्म थप गर्ने ।
नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी दर्जामा, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा, एकजना सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई जना महासेनानीहरुको सरुवा गर्ने ।
सुनिगाड जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका ११, सुर्मा गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.८४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
माथिल्लो रिचेत खोला जलविद्युत आयोजनाको इन्टेक, अडिट र पावरहाउस लगायतका पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको आरुघाट गा.पा.वडा नम्बर १ र धार्चे गा.पा. वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन भित्रको २.७५ हेक्टर जग्गा तीस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।
लोकसेवा आयोगको सिफारिस बमोजिम तीन जना कर्मचारीहरुलाई निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (प्रा.) पदमा नियुक्त गर्ने ।