बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला समितिले अमेरिकी साम्राज्यवादको विरुद्धमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सल्लाहकार बद्रे आलमको प्रमुख आतिथ्यमा २०८० वैशाख ७ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समितिका सचिव टानबहादुर केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली पनि मन्तव्य राख्नुभएको थियो ।
सभामा सम्बोधन गर्दै वक्ताहरू देशमा एकातिर राजावादीले राजतन्त्र फर्काउन खोजिरहेको तथा अर्कोतिर धर्मको नाममा साम्राज्यवादी क्रियाकलाप बढिरहेको दाबी गर्नुभयो ।
उहाँहरूले साम्राज्यवादले नयाँ रणनीतिअनुसार आफ्नो साम्राज्यवादी नीति स्वकिार गर्ने पार्टीस्थापना गरेर प्रत्यक्ष रूपमा नै काम गरिरहेको बताउनुभयो ।
राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न तथा सङ्घीयता खारेज गर्नु अहिलेको मुख्य आवश्यकता रहेको पनि वक्ताहरूको भनाइ थियो ।