सुर्खेत । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्री थपिएका छन् । नेपाली कांग्रेस सरकारमा सामेल भएसँगै माओवादी नेतृत्वको सरकारमा नयाँ मन्त्री थपिएका हुन् ।
नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीलाई शपथ खुवाएका छन्।
यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन्।
२८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरिएको थियो । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जामन्त्री बनेकी हुन् ।
बुधबार गर्ने भनिएको शपथ कांग्रेसको किचलोका कारण रोकिएको थियो ।