शंकरप्रसाद पोख्रेल, प्युठान ।
राष्ट्रिय जनमोर्चा सत्यवती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेकको वडा सम्मेलन सम्पन्न भएको छ ।
Advertisement
मनोरम पर्यटकीय क्षेत्र मसिना दहमा भएको सम्मेलनले ओम सिङ्गजापतीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको सचिवमा दिलबहादुर कुँवर रहनुभएको छ ।
सम्मेलनमा राजमो जिल्ला सदस्य गुमानसिंह पुन, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला सदस्य तथा जिल्ला समन्वय समिती सदस्य नरमाया राना, राजमो गाउँपालिका अध्यक्ष मित्रलाल तरामु, सचिव कमल पुलामी, सदस्य रोमबहादुर कुँवर लगाएत नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
