सन्तोष सुनार, अर्घाखाँची ।
अर्घाखाँचीकोसन्धिखर्क नगरपालिका वाड नं. ७ देउराली टोलमा मोटरबाटो निर्माण सुरु भएको छ । सदरमुकामबाट २ किलोमिटर मात्रै टाढा रहेपनि सो क्षेत्र यातायातको सुविधाबाट बन्चित रहेको छ ।
Advertisement
स्थानीय समाजसेवी सुनिल केसीको विशेष पहलमा सडक निर्माण सुरु भएको हो ।
बजार क्षेत्र नजिकै भएपनि बिरामी हुँदा र बालबालिकाहरु विद्यालय जान साँघुरो गोरेटो बाटोबाट हिँड्न बाध्य छन् ।
१०–१२ घरपरिवार दलित र जनजाति रहेको सो बस्तीका अधिकांश युवा परिवार पाल्न विदेश गएका छन् ।
