कल्याण । मध्य पश्चिम भारतको कल्याण नगरमा कार्यरत अखिल भारत नेपाली एकता मञ्चका सक्रिय कार्यकर्ता पदम सोनार र राजुदेवी सोनार सो संगठन परित्याग गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।
Advertisement
मूल प्रवाह मध्य पश्चिम क्षेत्रीय समिति अन्तरगत कल्याण नगर समितिको भेलाका अवसरमा उहाँहरु मूल प्रवाहमा प्रवेश गर्नुभएको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य टंक कुँवर र यमबहादुर रानाको विशेष उपस्थितिमा सम्पन्न भेलाले पदम कुँवरको अध्यक्षतामा १३ सदस्यीय नगर समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सपना सोनार, सचिव पवन सोनार, सहसचिव बाल सोनार र कोषाध्यक्ष पदम सोनार चयन हुनुभएको छ ।
सदस्यहरुमा राजुदेवी सोनार, प्रियंका कुँवर, जवादेवी सोनार, सीमा सोनार, समीर सोनार, मैना सोनार र जानकी सोनार रहनुभएको छ ।