• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न

"अवधारणा पत्र "

  •   शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
  • चित्रबहादुर केसी ##

    Advertisement

    सबै अतिथि र सहभागी मित्रहरू

    सर्वप्रथम राष्ट्रिय जनमोर्चाका तर्फबाट मैले यहाँ उपस्थित सबै अतिथि र सहभागी मित्रहरूलाई अभिनन्दन गर्न चाहन्छु ।

    १. नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ । जनताको लामो सङ्घर्ष र बलिदानद्वारा नेपाली जनता राजतन्त्रलाई पराजित गर्न र गणतन्त्रको स्थापना गर्न सफल भएका छन् तर गणतन्त्रको स्थापना भएदेखि नै प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्नका लागि अभियान चलाउँदै आइरहेका छन् । नेपाली जनताले २०४६ साल र २०६२–६३ सालका महान् ऐतिहासिक आन्दोलनद्वारा त्यसलाई पराजित गर्न सफल भएका थिए र अहिले पनि प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध आफ्नो अभियान कायम राखेका वा पूर्वराजाको प्रत्यक्ष सहभागितामा त्यसलाई बढाउँदै लगिरहेका छन् । अब उनीहरूले संसद्भित्र पनि त्यसका लागि आवाज चर्काे पार्दै लगिरहेका छन् । त्यसकारण अहिले पनि प्रतिगमन विरुद्धको सङ्घर्षलाई हामीले गम्भीर रूपमा लिनुपर्दछ र त्यसका विरुद्ध भएका सबै शक्तिले ऐक्यबद्धता कायम गरेर नेपाली जनताले ऐतिहासिक आन्दोलनद्वारा प्राप्त उपलब्धिको रक्षा गर्न उच्च सतर्कता अपनाउनुपर्ने र सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।

    २. अहिले देशको राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध पनि खतरा बढ्दै गइरहेको छ । भारतीय साम्राज्यवादद्वारा नेपालमा पहिलेदेखि नै हस्तक्षेप वा अतिक्रमण हुँदै आएको छ । त्यस सन्दर्भमा कालापानी क्षेत्रमा भारतीय सेनाद्वारा गरिएको कब्जा विशेष रूपमा उल्लेखनीय छ । अमेरिकी साम्राज्यवादले पनि पहिलेदेखि नै नेपालमा हस्तक्षेप गर्दै आएको थियो । त्यसले नेपाललाई इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत ल्याउन योजनाबद्ध प्रकारले काम गरिरहेको छ । त्यही उद्देश्य पूरा गर्नका लागि पनि त्यसले नेपालका विभिन्न राजनीतिक पार्टी र सरकारसमेत माथि दबाब दिएर संसद्बाट एमसिसीलाई पारित गराएको थियो भने एसपिपीलाई पनि पारित गराउन पूरै शक्ति लगाएको थियो यद्यपि संसद्भित्र र बाहिर पनि नेपाली जनताको कडा प्रतिरोधका कारणले त्यो पारित हुन सकेन तैपनि अमेरिकाले अब प्रत्यक्ष रूपले नेपालमा आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टी गठन गरेर नेपालको संसद् र सरकारमा समेत कब्जा जमाएर नेपालको सम्पूर्ण राज्ययन्त्रलाई नै आफ्ना साम्राज्यवादी उद्देश्यपूर्तिका लागि प्रयत्न गरिरहेको छ ।

    ३. यो कुनै लुकेको कुरा होइन कि अहिले अमेरिकी साम्राज्यवाद संसारका सबै देशको शान्ति, राष्ट्रियता र सार्वभौमिकतासमेतका लागि गम्भीर खतरा भएर उभिएको छ । वास्तवमा साम्राज्यवाद नै युद्धको मुख्य स्रोत हो । त्यसले अप्रत्यक्ष वा प्रत्यक्ष रूपले आक्रमणसमेत गरेर संसारका विभिन्न देशका सरकारलाई भङ्ग गर्ने र आफ्ना कठपुतली सरकार स्थापना गर्ने तथा आतङ्कवादी गतिविधि बढाउनेसमेत गर्दै आएको छ । त्यही विश्वव्यापी रणनीतिलाई त्यसले नेपालमा पनि प्रयोग गर्न थालिरहेको छ । त्यो स्थितिमाथि ध्यान दिंँदै नेपालमा अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षमा सबै देशभक्त जनताको ध्यान जानुपर्ने आवश्यकता छ अन्यथा त्यसका कैयौँ दीर्घकालीन र दूरगामी परिणाम हुने छन् । भावी पुस्ताले त्यस प्रकारका दुष्परिणामलाई भोग्नुपर्ने छ ।

    ४. अमेरिकाले प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले गर्ने विभिन्न प्रकारका हस्तक्षेपकारी कारबाहीबाहेक नेपालका विभिन्न राजनीतिक पार्टी सङ्घसंस्था, बुद्धिजीवी, सञ्चार माध्यममा समेत भ्रम फैलाएर अमेरिकापरस्त जनमत तयार पार्ने प्रयत्न पनि योजनाबद्ध तरिकाले गरेको पाइन्छ । त्यति मात्र होइन, नेपालबाहिर अमेरिका र अन्य विभिन्न देशमा बसेका नेपालीको बिचमा पनि अमेरिकापरस्त जनमत निर्माण गर्न अमेरिकाले व्यापक रूपले प्रयत्न गरेको पाइन्छ । त्यसकारण साम्राज्यवादका विरुद्ध उच्च र व्यापक जनचेतना बढाउन हामी सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।

    ५. नेपालको सन्दर्भमा धर्म निरपेक्षताको व्यवस्था गरिएको छ र सबै धर्मलाई आफ्नो आस्थाअनुसार धार्मिक आचरण राख्ने स्वतन्त्रता छ । त्यस प्रकारको स्वतन्त्रतालाई हामीले विरोध गर्दैनौँ । धर्मलाई विभिन्न प्रतिक्रियावादी राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रवृत्ति संसारका कैयौँ देशमा पाइन्छ । त्यही प्रकारले भारतमा भाजपाको कट्टर हिन्दुवादी शासक वर्गले हिन्दु धर्मलाई, दलाई लामाले बुद्ध धर्मलाई, तालिबानले इस्लाम धर्मलाई, साम्राज्यवादी शक्तिले इसाई धर्मलाई आफ्ना प्रतिक्रियावादी राजनीतिक उद्देश्यपूर्तिका लागि दुरूपयोग गरिरहेका थुप्रै उदाहरण हाम्राअगाडि छन् । नेपाल पनि त्यस प्रकारका क्रियाकलापबाट बचेको छैन । यहाँ राजावादी शक्तिले हिन्दु धर्मलाई आफ्नो प्रतिगामी उद्देश्यपूर्ति गर्नका लागि प्रयोग गर्न योजनाबद्ध प्रयत्न गरिरहेका छन् तर वास्तविकता यो हो कि नेपाल बहुसङ्ख्यक हिन्दु धर्म भएको देश हो र प्रतिगमन वा राजतन्त्र विरुद्धको सङ्घर्षमा पनि उनीहरूको ऐतिहासिक भूमिका रहँदै आएको छ । त्यो अवस्थामा नेपालका हिन्दु धर्मावलम्बीलाई हतियार बनाएर राजतन्त्रको पुनस्र्थापना गर्ने उनीहरूको उद्देश्य पूरा हुन नसक्ने कुरा निश्चित छ । राजावादीले हिन्दु धर्मलाई प्रतिगामी उद्देश्य पूरा गर्न प्रयोग गरे जस्तै साम्राज्यवादी वा अमेरिकी साम्राज्यवादपरस्त तत्त्व पनि इसाई धर्मलाई अमेरिकाको साम्राज्यवादी उद्देश्य पूरा गर्न वा नेपालमा अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित राजनीतिक पार्टीलाई बलियो बनाउनका लागि सकेसम्म प्रयत्न गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । इसाई धर्माबलम्वीलाई पनि आफ्नो आस्थाअनुसार आजापूजा गर्ने स्वतन्त्रतालाई हामीले विरोध गर्दैनौँ तर धार्मिक आस्थाको नाममा अमेरिकी साम्राज्यवाद वा कुनै पनि साम्राज्यवादको सेवा गर्ने तथा देशको राष्ट्रियहितमा आघात पुग्ने कुनै पनि काम गर्नु वा त्यस्ता कुनै शक्तिलाई मदत पुर्‍याउने जस्तो काम कुनै देशभक्त नेपालीले गर्नुहुँदैन । नेपालका इसाई धर्मावलम्बी पनि त्यस प्रकारको कुनै काममा संलग्न हुने छैनन् भन्ने कुराको हामीले आशा गर्नुपर्दछ ।

    ६. यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ कि नेपालका लागि अमेरिकी साम्राज्यवादको खतरा अत्यन्त गम्भीर बनेको छ र त्यसको अहिलेको मुख्य योजना आफ्नो इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई पनि सामेल गर्नु हो । नेपालका विभिन्न राजनीतिक पार्टी वा सरकारमाथि दबाब दिएर वा सिधै आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टीलाई शक्तिशाली बनाएर त्यसले नेपालमा आफ्नो त्यो उद्देश्य पूरा गर्न चाहन्छ । त्यसरी नेपाल अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गयो भने नेपाल अमेरिकी सैन्य क्याम्पमा मिल्न जाने छ; नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने छ; नेपाल अमेरिकाको सुरक्षानीतिअन्तर्गत जानेछ र त्यसरी अन्तमा शीतयुद्धको अखाडा बन्न जाने छ । यी सबै कुरामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षलाई उच्च र गम्भीर रूपमा लिन हाम्रो पार्टीले सम्पूर्ण देशभक्त राजनीतिक पार्टी, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चार माध्यम र आम जनतासित समेत अपिल गर्दछ ।

    ७. अहिले अमेरिकी साम्राज्यवादको चर्चा गर्ने बेलामा युक्रेनको युद्धबारे पनि उल्लेख नगरिकन बस्नु सही हुने छैन । युक्रेनमा ठुलो युद्ध भइरहेको छ र त्यसबाट त्यहाँ ठुलो धनजनको क्षति भइरहेको छ । त्यहाँबाट लाखौँ मानिस विस्थापित हुनुपरेको छ । त्यहाँ पानी, ग्याँस र सामान्य दैनिक उपभोगका वस्तुबाट समेत जनता ठुलो पैमानामा विस्थापित हुनु परिरहेको छ । सङ्क्षिप्तमा भन्दा रुसी आक्रमणको कारणले त्यहाँ भयानक स्थिति उत्पन्न भएको छ । यो कुरामा कुनै शङ्क छैन कि त्यसका लागि प्रत्यक्ष रूपमा रुसी साम्राज्यवाद नै जिम्मेवार छ तर त्यसको अर्काे पक्षतिर पनि ध्यान नदिइकन हामी रहन सक्दैनौँ किनभने त्यहाँ त्यस प्रकारको युद्धको स्थिति उत्पन्न हुनुको पछाडि अमेरिकी साम्राज्यवाद वा त्यसको नेतृत्वमा रहेको नेटो पनि गम्भीर रूपमा जिम्मेवार छ । नेटोको निर्माण नै सोभियत सङ्घका विरुद्ध मोर्चाबन्दीका लागि भएको थियो । अहिले पनि त्यसले रुसको सिमामा मोर्चाबन्दी गर्नका लागि युक्रेनमा आफ्नो कठपुतली सरकार बनाएर त्यसलाई नेटोमा सामेल गर्न खोजेको हुनाले नै त्यहाँ युद्धको स्थिति उत्पन्न भएको हो । युक्रेनमा भइरहेको युद्धमा पश्चिमी एकाधिकार पुँजीपतिलाई हतियारको व्यापारमा ठुलो फाइदा पुगिरहेको छ । त्यसरी युक्रेनको दुर्गति पश्चिमी साम्राज्यवादका लागि नाफाको श्रोत तथा सम्पूर्ण विश्वको लागि गम्भीर बर्बादीको कारण बन्दै गइरहेको छ । त्यसरी आज युक्रेनमा भइरहेको युद्धका लागि रुसी र अमेरिकी दुबै साम्राज्यवादी शक्ति जिम्मेवार छन् । युक्रेनको युद्धको सन्दर्भमा अमेरिका वा रुसमध्ये कुनै एक पक्षलाई मात्र दोषी ठहर्‍याएर अर्काे पक्षलाई सही ठहर्‍याउने जस्तो सोचाइलाई हामीले गलत मान्दछौँ ।

    ८. नेपालमा सरकारमा, सत्तारूढ विभिन्न राजनीतिक पार्टीमा र आम जनतामा पनि काफी हदसम्म यो धारणा निकै पाइन्छ कि अमेरिकी साम्राज्यवाद निकै शक्तिशाली छ र त्यसकारण त्यसले जे गरे पनि त्यसका विरुद्ध हामी केही गर्न सक्दैनौँ र हामीले चुपचाप सहनुपर्छ । त्यसको अर्थ हो– अमेरिकी साम्राज्यवादप्रति हामीले आत्मसमर्पणको नीति अपनाउनुपर्दछ । अमेरिकी साम्राज्यवाद प्रकट रूपमा जतिसुकै शक्तिशाली देखिए पनि वास्तविक रूपमा त्यो कुरा सत्य होइन । एकातिर, त्यसका साम्राज्यवादी नीतिका कारणले विश्वभरमा त्यसका विरुद्ध असन्तोष र आन्दोलन बढ्दै गइरहेका छन् भने अर्कातिर, पुँजीवादी उत्पादन प्रणालीभित्रका असङ्गति र अन्तरविरोधका कारणले त्यो झन्पछि झन् तीव्र सङ्कटमा फस्दै गइरहेको छ । संसारका विभिन्न भागमा सफल भएका राष्ट्रिय मुक्ति आन्दोलन र पुँजीवादको विकासले विश्व साम्राज्यवादको अवस्था पहिले नै धेरै नै कमजोर भइसकेको थियो भने अब संसारमा कैयौँ नयाँ साम्राज्यवादी देश—जसमा भारत र चीन जस्ता देश पनि आउँछन्—को उदयको परिणामस्वरूप साम्रज्यवाद झन् झन् सङ्कटको मुखमा पुगिरहेको छ । त्यसरी यो कुरामा कुनै शङ्का रहन जान्न कि विश्वस्तरमा अमेरिकी साम्राज्यवाद धेरै नै कमजोर भएको छ । साम्राज्यवाद कमजोर हुनुका साथै त्यसले झन्पछि झन् फासिवादी रूप लिँदै गइरहेको छ । त्यसले विभिन्न देशका प्रतिगामी र फासिवादी शक्तिसँग मिलेर आफ्नो पतनोन्मुख अवस्थालाई बचाउन प्रयत्न गर्दै छ । त्यो अवस्थामा संसारभरका साम्राज्यवाद र फासिवाद विरोधी शक्तिको एकता आजको ऐतिहासिक र अन्तर्राष्ट्रिय आवश्यकता भएको छ । यो प्रशन्नताको कुरा हो कि संसारभरका साम्राज्यवाद र फासिवाद विरोधी शक्तिहरूको एकताको प्रक्रिया पनि अगाडि बढ्दै गइरहेको छ । हामीलाई विश्वास छ, त्यस प्रकारको एकताद्वारा नै अमेरिकी साम्राज्यवादलाई पराजित गर्नु सम्भव हुने छ र पराजित पनि गर्नु पर्दछ । त्यही कुरा सम्पूर्ण विश्वको शान्ति र हितमा हुने छ । त्यही आशा र विश्वासका साथ हामीले नेपालमा पनि साम्राज्यवाद र फासिवादविरुद्धको सङ्घर्षलाई अगाडि बढाउने नीति अपनाउनुपर्दछ ।

    (राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयद्वारा २०८० वैशाख २ गते काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणा पत्र)

    शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.