काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी वैशाख ७ गते देशैभर विरोध सभाको आयोजना गर्ने भएको छ ।
राजमोको कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पनि भारतमा सो कार्यक्रम गर्ने राजमो केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ । संसदबाट विवादित अमेरिकी परियोजना एमसीसी पास भएपछि अमेरिकाको प्रत्यक्ष हस्तक्षेप बढेको हो ।
नेपालको राजनीतिमा भारत, चीन र अमेरिकाको त्रिपक्षीय प्रतिस्पर्धा रहेको सत्तामा बस्ने नेताहरु नै स्वीकार गर्छन् ।
राष्ट्रिय जनमोर्चाले पछिल्लो समय अमेरिका नेपालमा पार्टी नै गठन गरेर प्रत्यक्ष हस्तक्षेपमा उत्रिएको आरोप लगाउँदै आएको छ । हालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी डिजाइन अन्तर्गत गठन भएको राजमोको ठहर छ ।
यसै सन्दर्भमा राजमोले वैशाख २ गते काठमाडौंमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेपालमा ‘अमेरिकी हस्तक्षेप’ बारे राष्ट्रिय जनमोर्चाले वृहत अन्तरक्रिया गर्ने





