प्रकाश विक, कपिलवस्तु ।
शिवराज नगरपालिकाको वडा नं. ४ को बनकटी बाँध टोलमा अखिल नेपाल बाल संघ गठन भएको छ ।
बुधबार अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार केरसिंह अदैको उपस्थितिमा समिति गठन गरिएको हो ।
नेता अदैले बालबालिकाको भविष्य, अनुशासन, खेलकुद , मोनोरञ्जन लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
समितिको अध्यक्षमा शुभम् विक, सचिव एलिना खनाल र कोषाध्यक्षमा आकृति पुन चयन हुनुभएको छ । सदस्यहरुमा दीपेन्द्र विक, राजु विक, ईश्वर घर्तीमगर, मुनाल सारु मगर, रोशनी थापा, मोनिका पुन, सुस्मिता खनाल, छबिलाल विक, प्रिया विक, स्मृति थापा रहनु भएको छ ।
नवगठित समितिले वैशाख ९ गते कविता वाचन, खेलकुद कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यसै गरी अखिल नेपाल बाल संघ खरेन्द्रपुरले पनि वैशाख ९ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।