वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार स्मृतिशेष जयकृष्ण सञ्ज्यालको पाँचौँ स्मृतिदिवस सम्पन्न भएको छ ।
सुर्खेतस्थित राजोको कार्यालय सभाहलमा २०७९ चैत २६ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
स्मृतिशेष सञ्ज्यालकी छोरी सरस्वती सञ्ज्यालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरालाल नेपाली, राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, राजमो कर्णाली प्रदेश समितिका सचिव विष्णुप्रसाद शर्मा, राजमो कालिकोटका पूर्व अध्यक्ष कटकबहादुर शाहीलगायतले उहाँको योगदानबारे मन्तव्य राख्नुभएको थियो ।
स्मृतिसभाको अध्यक्षता सञ्ज्यालपत्नी जनपुरा सञ्ज्यालले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो सुर्खेतका सचिव लालबहादुर नेपालीले गर्नुभएको थियो भने स्वागत उहाँको छोरी सरस्वती सञ्ज्यालले गर्नुभएको थियो ।