दाङ । नेकपा (मसाल) लगायत नौ राजनीतिक दल तथा संगठनको आयोजनामा शनिबार (फागुन ३ गते) घोराहीमा एमसीसी र सीमा अतिक्रमण विरुद्ध विरोध सभा हुने भएको छ । शुक्रबार नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीको अध्यक्षतामा बसेको संयुक्त वैठकले विरोध कार्यक्रम तय गरेको हो ।
कार्यक्रम दिउँसो ३ बजे घोराहीको तुलसीपुर चोकमा हुने राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो । बैठकपछि प्रेशित विज्ञप्तिमा कार्यक्रममा उपस्थितिका लागि सबैसँग आग्रह गरिएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) दाङ जिल्ला प्रवक्ता भरत भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव रामजि चौधरी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा (माले) का जिल्ला सचिव नेत्र प्रकाश पान्डे, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला सचिव इश्वरी प्रसाद गैरेको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्ः एमसीसी विरुद्ध नौ दलः प्रधानमन्त्री र सभामुखलाई ज्ञापन बुझाइयो, अब सडक संघर्ष