सुर्खेत । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ९ मा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार भएको छ ।
Advertisement
राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीको विशेष उपस्थितीमा भएको भेलाले राजमो वडा समिति गठन गरेको छ ।
भेलाले हेमराज शाहीको अध्यक्षतामा वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगदीश शाही, सचिव आदर्श शाही, कोषाध्यक्ष सुनीता शाही र सदस्यहरुमा नरेन्द्रबहादुर शाही, अम्मरबहादुर शाही र चक्रबहादुर शाही चयन हुनुभएको छ ।
भेलामा राजमो कालीकोट जिल्ला अध्यक्ष कृष्णबहादुर शाहीले शुभकामना दिनुभएको थियो ।
भेलापछि बसेको बैठकले गाउँ टोलमा संगठन निर्माण गर्नुका साथै वडा कार्यालयसँग समन्वय गरी स्थानीयस्तरमा हुने समस्या समाधानको पहल गर्ने निर्णय गरेको छ ।