बागलुङ बजार । धौलागिरि बहुमुखी क्याम्पस बागलुङको स्ववियु निर्वाचनमा अखिल (छैठौं) का नगेन्द्र थापा र रेखा शर्मा सदस्यमा चयन हुनुभएको छ ।
Advertisement
नेपाल विद्यार्थी सङ्घका सुदीपसागर कँडेलको नेतृत्वमा गठित १९ सदस्यीय स्ववियुमा उहाँहरू प्रत्यक्ष र समानुपातिक सदस्यतर्फ निर्वाचन हुनुभएको हो ।
पटक पटक स्थगित हुँदै आएको सो क्याम्पसको स्ववियु निर्वाचन २०७९ चैत १५ गतेदेखि १८ गतेसम्म गर्ने तालिका रहेको अखिल (छैठौं) का पूर्व महासचिव भीमलाल पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्ववियुमा दस विद्यार्थी सङ्गठनको प्रतिनिधित्वव रहेको छ ।
