• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह


  •   शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
  • नयाँदिल्ली । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए ।

    Advertisement

    उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो ।

    बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्यलाभ गरेका छन् ।

    उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कारोना परीक्षण गरिएको छ ।

    केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

    यसैबीच, विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कारोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोरकिशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

    गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकतना दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।

    शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर वर्षाले पाकेको धान ढल्यो
    भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै
    बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध
    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • २.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ३.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    • ४.
      अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

    • ५.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • ६.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ७.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ८.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.