दमौली । तनहुँमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला समिति गठन भएको छ । रक्तिमका उपाध्यक्ष हेमराज आश्रमको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न एक भेलाले नयाँ समिति गठन गरेको हो ।
Advertisement
नौ सदस्यीय जिल्ला समितिको अध्यक्षमा हरी थापा चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षमा सुरन परियार,सचिव अन्जना थापा र कोषाध्यक्षमा शिशिर थापा चयन हुनुभएको छ ।
सदस्यहरूमा संगिता परियार, सजना भटराई, अन्जली नेपाली, सागर थापा र संगम थापा रहनुभएको छ ।
यस्तै, तीन जनालाई सल्लाहकार चयन गरिएको छ । जसमा पूर्ण थापा, दलबहादुर थापा र प्रविण थापा रहनुभएको छ ।
आगामी वैशाख १ देखि ३ सम्म बुटवलमा रक्तिमको चौथो राष्ट्रिय सम्मेलन हुँदैछ । सो को तयारीका क्रममा विभिन्न जिल्लामा भेला तथा सम्मेलन भइरहेका छन् ।