पर्वत । रक्तिम सांस्कृतिक अभियान पर्वतको अध्यक्षमा राजेश भुसाल चयन हुनुभएको छ । बुधबार सम्पन्न भेलाले भुसालको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यमा सुजन भुसाल, सचिव स्वस्तिका भुसाल र कोषाध्यक्षमा जगत रिजाल चयन हुनुभएको छ ।
सदस्यहरूमा रोशनी भुसाल,अनुपम भुसाल, गगन गौंडेल, सुमन भुसाल र विनिता भुसाल चयन हुनुभएको छ ।
भेलालाई अभियानका उपाध्यक्ष हेमराज आश्रमले प्रमुख अतिथिको आसनबाट सफलताको शुभकामना दिनुभएको थियो ।
साथै अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष इन्द्रकान्त भुसाल ररक्तिमका पूर्वकोषाध्यक्ष भरत श्रेष्ठको पनि आतिथ्यता रहेको थियो ।
‘सामन्तवादी तथा पूँजीवादी संस्कृतिको विरुद्ध हाम्रो आन्दोलन, प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा चौथो राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आगामी वैशाख १ देखि ३ गतेसम्म बुटवलमा रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन हुन गइरहेको छ ।
त्यसक्रममा रक्तिमले विभिन्न जिल्लामा भेला तथा सम्मेलनका कार्यक्रम गरिरहेको छ ।