• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गठबन्धन बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ : उपनिर्वाचनअघि रविलाई सरकारमा ल्याउँदिन

"सरकार विस्तारबारे राजमोको ‘अरुची’ "

  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपनिर्वाचनअघि नै सरकारमा आउन चाहेको बताउनुभएको छ ।

    Advertisement

    मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले लामिछाने तत्काल सरकारमा आउन चाहेपनि उपनिर्वाचनअघि आफूले ल्याउन नसक्ने बताउनुभएको थियो ।

    बैठकमा सहभागी एक नेताका अनुसार त्यसबारे प्रधानमन्त्रीले गठबन्धनमा सहभागी दलहरुको धारणा माग्नुभएको थियो ।
    बैठकअघि रवि लामिछाने सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । मन्त्री बन्न चाहेका रविलाई प्रधानमन्त्रीले उपनिर्वाचन पर्खिन आग्रह गरेको ती नेताले बताए । आफूबाहेक अरुलाई सरकारमा पठाउन प्रधानमन्त्रीले गरेको आग्रहप्रति रविले आनाकानी गरेको प्रधानमन्त्रीको भनाई थियो ।

    मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा त्यसबारे सहमति भने भएन । दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताउनु भयो । उहाँले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरुको बेठक बस्यो सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । भोलि फेरि बस्ने भन्नेछ । भागबण्डाको बारेमा छलफल भएन । सरकार चाँडो भन्दा चाँडो सरकार बिस्तार गर्ने कुरा भयो । सरकार चाँडै बिस्तार हुनेगरी छलफल भयो ।’

    प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको दाबी गर्नुभयो । आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको उहाँको दाबी थियो ।

    बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाले भने मन्त्रिपरिषद विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरुची देखाएको छ । बैठकमा आएका जनसरोकारका एजेण्डामा आफ्ना धारणा राखेको राजमो सरकार विस्तारको एजेण्डा आएपछि बाहिरिएको थियो ।

    ‘प्रधानमन्त्रीले बोलाएको बैठकमा मिटरब्याज पीडितका समस्याबारे छलफल भयो’ राजमो महासचिव मनोज भट्टले भन्नुभयो, ‘सरकार विस्तार र न्युनतम साझा कार्यक्रमको एजेण्डाबारेको छलफलमा हामी सामेल भएनौँ । यो तपाइँहरुको विषय हो भनेर हामी निस्कियौँ ।’

    महासचिव भट्टका अनुसार राजमो सरकारमा सामेल नहुने भएकोले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीले कुनै सुझाव दिनेछैन ।

    बैठकमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्ष चित्रबहादुर केसी र महासचिव भट्ट सहभागी हुनुहुन्थ्यो ।

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.