• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मिटरब्याज विरोधी आन्दोलनप्रति अप्फाको ऐक्यबद्धता


  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले मिटरब्याज विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७९ चैत १३ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् अप्फाले सो धारणा व्यक्त गरेको हो ।

    मिटरब्याज पीडितको राजधानीस्थित माइतिघर मण्डलामा जारी आन्दोलनप्रति ऐक्यबद्धता जारी गर्दै अप्फाले वक्तव्य जारी गरेको छ ।

    प्रेसक्तव्यमा मिटरब्याजीलाई कडा कानुन निर्माण गरी उनीहरूमाथि कडा कारबाही गर्न, मिटरब्याजमाथि प्रतिबन्ध लगाउन र पीडितको सम्पत्ति फिर्ता गर्न माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “मिटरब्याजी पीडितले लामो समयदेखि काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन् । उनीहरूको माग पूरा हुनुपर्छ भनेर अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले पनि माग गरेको छ र उनीहरूको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै आइरहेको छ । यस सिलसिलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहित ६ वामपन्थी किसान सङ्गठनले ५९ बुँदे मागमा मिटरब्याजीको समेत माग समावेश गरी ऐक्यबद्धतासहित आन्दोलनमा उत्रिएको छ । यसरी मिटरब्याजी पीडितको मागप्रति सम्पूर्ण किसानको समर्थन रहेको छ ।

    गणतन्त्र आएपछि र गणतान्त्रिक संविधानमा समाजवादउन्मुख अर्थप्रणाली व्यवस्था समावेश गरिएता पनि यसको विपरीत आम जनतामाथि लादिएका चक्रवृद्धि ब्याजको सामन्ती प्रणाली अहिले नयाँ र परिष्कृत रूपमा मिटरब्याज आतङ्क, लघुवित्तीय संस्थाहरूले अपनाइरहेको चक्रवृद्धि ब्याजको प्रणाली र ठुला वित्तीय संस्थाले समेत मासिक ब्याज, प्रवेश शुल्क, परियोजनाको धितो मूल्याङ्कन, कमिसन आदि प्रणालीले चक्रवृद्धि ब्याजको व्यवस्था समातेको यो अवस्थामा आम जनताले आत्मदाह/आत्महत्या, आफ्नो सीमित सम्पत्तिबाट वञ्चित भई सुकुम्बासी हुनुपर्ने र ठुलो सङ्ख्यामा खाडी मुलुकमा पलायन हुनुपर्ने जस्ता भयावह स्थिति खडा भइरहेको छ । यो अवस्थामा सरकार किन मूकदर्शक बनेर बसिरहेको छ ?

    अहिले देशभरका मिटरब्याजी पीडित काठमाडौँको माइतिघर मण्डलामा धर्ना दिइरहेका छन् । मिटरब्याजीलाई कारबाही गरेर पीडितको समस्या समाधान गर्नुपर्नेमा सरकारले गत साल तथाकथित आह्वान गरेर मिटरब्याजीलाई संरक्षण गर्न खोजेको छ । त्यसैले मिटरब्याजीलाई कडा कानुन निर्माण गरी उनीहरूमाथि कडा कारबाही गर्न, मिटरब्याजमाथि प्रतिबन्ध लगाउन र पीडितको सम्पत्ति फिर्ता गर्न माग गर्दछ । यदि यो काममा सरकार नलागेमा किसानहरू आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने छन् ।”

    सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.