• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपालको राष्ट्रियता अप्ठ्यारो अवस्थामा छ : केसी


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ ।

    Advertisement

    २०७९ चैत १० गते शुक्रबार साँझ अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भर्चुअल माध्यमबाट सम्पन्न सातौँ भेलाको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
    सम्बोधनको क्रममा उहाँले भारतीय साम्राज्यवादसँगै अमेरिकी साम्राज्यवादको चलखेल बढेको बताउनुभयो ।

    ‘भारतीय साम्राज्यवादका सामु नेपालका सत्ताधारीहरू लम्पसार परेकै थिए’ उहाँले भन्नुभयो– ‘अहिले त अमेरिकी साम्राज्यवादका सामु पनि नेपालका सत्ताधारीहरू लम्पसार पर्न थालेका छन् ।’

    एमसिसी पास गरेर नपुगेर अमेरिकी साम्राज्यवादले एसपिपीसमेत पास गर्न खोजेको प्रसङ्ग उठाउँदै अध्यक्ष केसीले अमेरिकाले रवि लामिछाने नेतृत्वमा बेग्लै राजनीतिक पार्टी गठन गर्न खोजेको बताउनुभयो ।

    ‘रवि लामिछानेको उत्पत्ति अमेरिकी साम्राज्यवादको चाहनाबाट भएको हो’ उहाँले ठोकुवा गर्नुभयो ।

    प्रवासी नेपालीहरूले नेपालका सबै राजनीतिक परिवर्तनमा साथ–सहयोग दिँदै आएको बताउँदै उहाँले भन्नुभयो– ‘म आशा गर्दछु, आगामी दिनमा पनि देशको राजनीतिक परिवर्तनमा प्रवासी नेपालीहरूको साथ सहयोग हुने छ ।’

    उहाँले अगाडि भन्नुभयो– ‘जुनसुकै देशमा बसे पनि नेपालको न्यायपूर्ण आन्दोलनमा तपाईंहरूको अवश्य पनि सहयोग रहने छ ।’

    मसाल चौतर्फी घेराबन्दीमा : पुरी
    भेलालाई शुभकामना दिँदै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेपाल (मसाल) चौतर्फी घेराबन्दीमा परेको बताउनुभयो ।

    ‘नेकपा (मसाल) चौतर्फी घेराबन्दीमा छ’ उहाँले इतिहास स्मरण गर्दै भन्नुभयो– ‘अहिलेसम्म नेपालको कुन मन्त्रीको विरुद्धमा भारतीय साम्राज्यवादले विज्ञप्ति नै निकालेर विरोध गरेको छ ? त्यो त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै हुनुहुन्थ्यो, जो २०७२ सालमा उपप्रधानमन्त्री हुनुहुन्थ्यो तर भारतीय साम्राज्यवादको विरोध गरिरहनुहुन्थ्यो ।’

    प्रवक्ता पुरीले अहिले पनि नेकपा (मसाल) स्पष्ट दृष्टिकोणका साथ नेपालको राजनीतिमा अघि बढिरहेको दाबी गर्नुभयो ।

    ‘रवि लामिछाने नेतृत्वको पार्टीलाई कसले अमेरिकी साम्राज्यवादको उत्पादन भनिरहेको छ ?’ उहाँले अगाडि भन्नुभयो– ‘त्यो नेकपा (मसाल) नै हो, जसले स्पष्ट रूपमा कथित स्वतन्त्र पार्टीलाई अमेरिकी साम्राज्यवादपरस्त पार्टी भनिरहेको छ र त्यसको भण्डाफोर गरिरहेको छ ।’

    उहाँले प्रतिगमनको विरुद्ध नेकपा (मसाल) ले नै लगातार स्पष्ट दृष्टिकोणका साथ सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।

    ‘हाम्रो पार्टीले २०४६ सालदेखि नै लगातार प्रतिगामी खतराका विरुद्ध लडिरहेको छ र अहिले पनि हामी प्रतिगमन विरोधी खतरालाई गम्भीर रूपमा लिन्छौँ’ उहाँको भनाइ थियो ।

    मताधिकार आन्दोलनले एक तहको सफलता पायो : शर्मा
    भेलामा अर्का अतिथि वामपन्थी नेता आनन्द शर्माले विदेशस्थित नेपालीहरूको मताधिकार आन्दोलनले एक तहको सफलता प्राप्त गरेको दाबी गर्नुभयो ।

    ‘विदेशस्थित नेपालीहरूको आन्दोलनको परिणामले गर्दा नै सर्वोच्च अदालतको मताधिकारसम्बन्धी फैसला आएको हो’ उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगले समेत विदेशस्थित नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि सरकारसित निर्वाचन खर्च छुट्याउन भनेको थियो तर सरकारले त्यस्तो व्यवस्था गर्न सकेन ।’

    नेपाल सरकार विदेशस्थित नेपालीको हकहित र अधिकारप्रति प्रतिबद्ध नरहेकै कारणले अहिलेसम्म मताधिकार प्राप्त नभएको बताउँदै उहाँले भन्नुभयो– ‘अब यो आन्दोलनलाई टुङ्गोमा पुर्‍याउनका लागि विदेशस्थित नेपालीहरूले आफ्नो सङ्घर्षलाई अझै अगाडि लैजानुपर्दछ ।’

    सम्बोधनको क्रममा उहाँले लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजी नेपाली तात्कालिक राजनीतिको मुख्य विषय भएको बताउँदै यो आन्दोलनको पक्षमा उभिन प्रवासी नेपालीलाई आग्रह गर्नुभयो ।

    आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा उपचुनाव हुन थालेको बताउँदै उहाँले भन्नुभयो– ‘चितवनको उपचुनावलाई हामीले अमेरिकी साम्राज्यवाद विरोधी सङ्घर्षको मोर्चाको रूपमा लिएका छौँ र त्यहाँ राजमो उपाध्यक्ष क. जनकराज शर्माले उम्मेदवारी दिँनुहुने छ ।’

    उहाँले साम्राज्यवाद विरोधी यो सङ्घर्षमा स्पष्ट दृष्टिकोण साथ भूमिका खेल्न प्रवासी नेपालीसित आग्रह गर्नुभयो ।

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.