काठमाडौं । काठमाडौंमा विश्व कविता दिवस मनाइएको छ । अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए ।
थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।
कवि सुवास सिंह पराजुलीको संयोजनमा सम्पन्न गरिएको कविता वाचन कार्यक्रममा कवि भिष्म उप्रेती, रन्जना निरौला, सुमन वर्षा, प्रज्ज्वल अधिकारी, नीता पोख्रेल, रुप सिंह भण्डारी, भोज कुमार धमला, पारु तिमल्सिना, नीता श्रेष्ठ, संजय सुमन, विश्वास सिग्देल, प्रतीक्षा पौडेल लगायतका कविहरुले कविता वाचन गरेका थिए ।
संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९९ मा हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा भने सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।