काठमाडौं । दैलेखमा खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
Advertisement
नेपालगन्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक सुर्खेत–दैलेख सडकखण्डमा पर्ने गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटनामा परेको हो ।
ट्रकमा सवार चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार अन्दाजी २६ वर्षीय लक्षिराम चौधरी र अन्दाजी २३ वर्षीय विष्णु चौधरी छन्। सहचालक प्रकाश कुमाई घाइते भएका छन्।
मनकामना नामक खाना पकाउने ग्यास सिलिन्डर बोकेको सो ट्रक सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।