काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनु भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु-याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पु-याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनु भएको हो ।
महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु-याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नु भयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु-याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उहाँको भनाई थियो ।
महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पु-याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहो-याउनु भयो ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनु भयो ।
महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराउनु भयो ।
महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।