कृष्ण केसी, चितवन ।
अखिल नेपाल ट्रेड युनियम महासंघ (अन्टुक) चितवनको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार भरतपुरस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा सम्पन्न भेलाले तुल बहादुर भण्डारीको अध्यक्षमा तीन सल्लाहकारसहित नौ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
महासंघको उपाध्यक्षमा जित बहादुर थापा, सचिव युवराज पौडेल र कोषाध्यक्ष माया भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा मनोज केसी, नवराज चापागाई, राज भण्डारी, गुणानिधि सुवेदी र जंग बहादुर थापा रहनुभएको छ ।
यस्तै, सल्लाहकारमा कृष्णप्रसाद सुवेदी, अमरबहादुर छेत्री र डम्मरबहादुर केसी चयन हुनुभएको छ ।
कार्यक्रमलाई अन्टुकका केन्द्रीय कार्यवाहक महाचिव सालिकराम सापकोटाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मजुदर संगठन कम्युनिस्ट पार्टीको अग्रिम दस्ता भएको हुँदा मजदुरहरु इमान्दार, अनुशासित र मिलिटेन्त भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुंगानाले शुभकामना दिँदै अहिले देशमा प्रतिगमनसँगै राष्ट्रियतामाथि खतरा बढेको उल्लेख गर्दै जनता थप सचेत हुनुपर्ने बताउनुभयो ।
भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् रक्तिम सांस्कृतिक अभियानका सल्हाकार देवी शर्मा, राजमो चितवन जिल्ला उपाध्यक्ष बहादुर छेत्री, राजमो भरतपुर महानगरपालिकाका अध्यक्ष भक्तिराम गौतम, विष्णु ढुंगाना लगायत नेताहरुले शुभकामना दिनु भएको थियो ।
महासंघका निवर्तमान अध्यक्ष कृष्ण सुवेदीको अध्यक्षतामा भएको भेलाको सञ्चालन पदम वाग्ले र स्वागत कृष्ण केसीले गर्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई महासंघका कार्यवाहक महाचिव सापकोटाले सफल कार्यकाल शुभ कामना दिनु भएको थियो ।