• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पेरिस कम्युन (२)


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • दुर्गानाथ पौडेल ##
    पेरिस कम्युनको सत्ता संसद्मा छलफल र पारित भइसकेको कानुन नभई स्थानीय स्तरमा जनसमुदायका तर्फबाट आउने तत्परता होस; प्रत्यक्ष “अधिग्रहण” हो ।

    Advertisement

    जनताबाट अलग्गिएका र जनताका विरुद्ध उभ्याइएका निर्णयको रूपमा पुलिस र सेनाको उम्मूलन र तिनीहरूको स्थानमा सम्पूर्ण जनताको हतियारबन्दी भएको सत्तामा स्वयम् हतियारबन्द मजदुर तथा किसानले वा हतियारबन्द जनताले राज्यव्यवस्था सम्हालेका थिए । कर्मचारी तन्त्र अथवा नोकरशाहीको स्थानमा या त यस्तै किसिमले जनताको प्रत्यक्ष शासन स्थापना गरिने छ या त कम्तीमा पनि कर्मचारी तन्त्रलाई कुनै विशिष्ट खालको नियन्त्रणमा राखिने छ । कर्मचारीहरू निर्वाचित मात्र हुने होइन, अरू जनताले पहिलोपटक माग गर्नासाथ नै उनीहरू आफ्नो पदबाट हटाइने छन् । केवल सामान्य अधिकृत प्रतिनिधिको स्थानमा पुर्‍याउने छन् । बुर्जुवा खालको धेरै तलब पाइने “पद” ओगटेर बसेका विशेष अधिकारप्राप्त समूहबाट उनीहरू एक खास “किसिमको औजार” प्रयोग गर्ने मजदुरमा परिणत हुने छन् । उनीहरूको वेतन कुनै गतिलो मजदुरको भन्दा बढी हुने छैन । यही कुराम मात्र विशिष्ट खालको राज्यको रूपमा पेरिस कम्युनको सार निहित छ ।

    सत्ताधारी अवसरवादी कम्युनिस्टले यो सार बिर्सिएका अथवा विकृत रूपमा प्रस्तुत गरेका छन् । माक्र्सवादले क्रान्तिकारी कालमा र सङ्क्रमण कालमा राज्य र राज्यको आवश्यकता स्वीकार गर्दछ । सामान्य बुर्जुवा गणतन्त्र जस्तो राज्य नभएर पेरिस कम्युन जस्तो राज्यको आवश्यकता स्वीकार गर्दछ । पुरानो राज्यप्रणाली र पेरिस कम्युन जस्तो राज्यमा फरक हुन्छ ।

    पुँजीवादले जे जति सिर्जना गरेको छ, त्यसको आधारमा र मजदुरको नाताले आफ्नो अनुभवको आडमा सशस्त्र मजदुरको राज्यसत्ता कायम गर्छ । त्यसद्वारा समर्थित कडा लौह अनुशासन कायम गर्दे हामी मजदुरहरू स्वयम् नै बृहत् उत्पादनको सङ्गठन गर्ने छौँ । राज्यका पदाधिकारीको भूमिका घटाएर उनीहरूलाई हाम्रो आज्ञापालन गर्ने उत्तरदायी, परिवर्तनीय, सामान्य वेतनभोगी, ज्यामी, नाइकेसरह बनाइदिने छौँ । यही हाम्रो सर्वहारा कार्यभार हो । यसैद्वारा हामी सर्वहारा क्रान्ति सम्पन्न गर्ने कार्य सुरु गर्न सक्दछौँ र गर्नु पनि परेको छ ।

    संसदीय बुर्जुवा गणतन्त्रवाट राजतन्त्रतर्फ प्रत्यावर्तन धेरै सजिलो छ किनभने सेना, पुलिस र कर्मचारी तन्त्र जस्ता तमाम उत्पीडनका साधन यथावत् कायम रहन्छन् । कम्युन र मजदुरहरू सैनिक, किसान आदिका प्रतिनिधिले त्यस यन्त्रलाई ध्वस्त पारेर पूर्ण उन्मूलन गर्नुपर्छ ।

    कम्युनिस्ट घोषणापत्रको १८७२ को २४ जुनमा लेखिएको नयाँ संस्करणको भूमिकामा माक्र्स/एङ्गेल्स दुवैले लेख्नुहुन्छ : “खासगरी कम्युनले के सावित गरिसकेको छ भने मजदुर वर्गले राज्यसत्ताको बनिबनाउ यन्त्रलाई कब्जा गरेर आफ्नो निजी उद्देश्यपूर्तिका लािग जस्ताको त्यस्तै त्यसको उपयोग गर्न सक्दैन ।”

    त्यो कुरा आधारभूत संशोधनको रूपमा थपिएको हो । नोकरशाही सामरिक यन्त्रलाई एक हातबाट अर्काे हातमा सार्दै जाने होइन, यस यन्त्रलाई नै नष्ट पार्नुपर्छ । पेरिसका वीर कामरेडहरूको प्रयत्न पनि यसैमा रहेको हुन्छ । जुनसुकै वास्तविक जनतक्रान्तिको वास्तविक पूर्वशर्त पनि तम्तयार राज्ययन्त्र चकनाचुर पार्नु या नष्ट गर्नु नै हो । स्थायी सेनाको विघटन र सशस्त्र जनताद्वारा त्यसको स्थानग्रहण कम्युनिस्टको पहिलो आज्ञप्ति थियो ।

    कम्युनका बहुसङ्ख्यक सदस्य मजदुर थिए अथवा मजदुर वर्गका सम्मानित प्रतिनिधि थिए । पुरानो सरकारको भौतिक शक्तिको मुख्य तत्त्व बनेको स्थायी सेना तथा प्रहरीबाट छुटकारा पाइसकेपछि कम्युनले राज्यसँग चर्चको सम्बन्ध विच्छेद गर्‍यो । चर्चलाई राज्यबाट पाउने अनुदानबाट विच्छेद गर्‍यो । चर्चलाई राज्यबाट पाउने अनुदानबाट बञ्चित तुल्याउँदै सम्पत्तिधारी निकायको रूपमा चर्चको अस्तित्व समाप्त गर्‍यो । न्यायपालिकाका पदाधिकारीलाई पनि निर्वाचित र आफ्ना मतदाताप्रति उत्तरदायी बनायो । मतदाताले कुनै पनि बेला फिर्ता डाक्न सक्ने भए । सबै पदाधिकारीको निर्वाचन गराउनु, जुनसुकै बेला पनि उनीहरूको प्रत्याह्वान गर्न सकिनु, उनीहरूको वेतन पनि सामान्य मजदुरको ज्यालाको स्तरमा कटौति गर्ने कृयाकलाप राजनीतिक पुनर्गठनसित सम्बन्धित छन् । सर्वहारा वर्गले मात्र यी कार्यको परिपूर्तिका साथै उसले राज्यको पुननिर्माणतर्फ पाइला पनि सार्दछ ।

    कम्युन नै यस्तो रूप हो, जसअन्तर्गत श्रमको आर्थिक मुक्तिको कार्य पूरा गर्न सकिन्छ । कम्युन नै सर्वहारा क्रान्तिद्वारा पुँजीजीवी राजकीय यन्त्र चकनाचुर पार्ने पहिलो प्रयास हो । यो राजनीतिक रूप हो र यसले ध्वस्त पारिएको राजकीय यन्त्रको ठाउँ लिन सक्छ र लिनु पनि पर्दछ ।

    पुँजीवादले जे जति सिर्जना गरेको छ, त्यसको आधारमा र मजदुरको नाताले आफ्नो अनुभवको आडमा सशस्त्र मजदुरको राज्यसत्ता कायम गर्छ । त्यसद्वारा समर्थित कडा लौह अनुशासन कायम गर्दे हामी मजदुरहरू स्वयम् नै बृहत् उत्पादनको सङ्गठन गर्ने छौँ । राज्यका पदाधिकारीको भूमिका घटाएर उनीहरूलाई हाम्रो आज्ञापालन गर्ने उत्तरदायी, परिवर्तनीय, सामान्य वेतनभोगी, ज्यामी, नाइकेसरह बनाइदिने छौँ । यही हाम्रो सर्वहारा कार्यभार हो । यसैद्वारा हामी सर्वहारा क्रान्ति सम्पन्न गर्ने कार्य सुरु गर्न सक्दछौँ र गर्नु पनि परेको छ ।

    बृहत् उत्पादनको आधारमा यस्तो सुरुवातले स्वयम् नै सम्पूर्ण कर्मचारी तन्त्रको क्रमिक “विलोप” तर्फ डोर्‍याउने छ र विस्तारै विस्तारै ज्यालादारी दासत्वबाट भिन्न हुने छ । यस्तो व्यवस्थाभित्र निगरानी राख्ने र हिसाबकिताब राख्ने काम सरलभन्दा सरल हुँदै जाने छन् । सबैले पालैशान्ति तिनलाई सम्पन्न गर्ने छन् । अनि, ती काममा बानी पर्दै जाने छ । अन्त्यमा जनताको विशेष भागको विशेष कार्यको रूपमा तिनको अस्तित्व रहने छैन । राष्ट्रको सम्पूर्ण अर्थव्यवस्थालाई हुलाक व्यवस्थाअनुसारको नमुनाअनुसारको व्यवस्थामा प्राविधिक विशेषज्ञ, ज्यामी, नाइके र कारिन्दाले सबै पदाधिकारीले झैँ मजदुरको ज्याला भन्दा बढ्ता तलब पाउने छैनन् । उनीहरू सशस्त्र सर्वहारा वर्गको नियन्त्रण एवम् नेतृत्वमा रहने छन् ।

    हामीलाई आर्थिक आधारमा सङ्गठित राज्यको खाँचो छ । संसदीय व्यवस्थाको उम्मूलन र प्रतिनिधित्व पूर्ण निकायको संरक्षणबाट यही कुरा प्राप्त हुने छ । यसैले श्रमिक वर्गलाई पुँजीजीवी वर्गद्वारा यी निकाय भ्रष्ट गरिनुबाट पनि मुक्त गर्ने छ । पुरानो सरकारी सत्ताका विशुद्ध दमनकारी अङ्ग काटेर फाल्नुका साथै यसका न्यायसङ्गत कार्य आफूलाई समाजभन्दा बढी शक्तिशाली ठान्ने निकायबाट खोसेर समाजका उत्तरदायी अभिकर्ताको हातमा सुम्पिने छ ।

    सर्वहारा क्रान्तिको बारेमा अवसरवादीहरूले सोच्नसम्म पनि बिर्सिसकेका छन् । कम्युन नै यस्तो रूप हो, जसअन्तर्गत श्रमको आर्थिक मुक्तिको कार्य पूरा गर्न सकिन्छ । कम्युन नै सर्वहारा क्रान्तिद्वारा पुँजीजीवी राजकीय यन्त्र चकनाचुर पार्ने पहिलो प्रयास हो । यो राजनीतिक रूप हो र यसले ध्वस्त पारिएको राजकीय यन्त्रको ठाउँ लिन सक्छ र लिनु पनि पर्दछ ।

    घर तिनका मालिकबाट खोसेर वास्तविक आवश्यकता तुरुन्त पूर्ति गर्दै आवासको समस्या समाधान गर्न सकिने छ । घरविहीन मजदुर र भिड भएका घरमा बसिरहेका मजदुरलाई खालि घरमा बसाइने छ । सर्वहारा वर्गद्वारा राजनीतिक सत्तामाथि विजय हासिल गर्नेबित्तिकै सामाजिक हितलाई ध्यानमा राखेर चालिने यो कदम सजिलैसित कार्यान्वित गर्न सकिने छ । जति सजिलोसित वर्तमान राज्यसत्ताले अन्य कुरामा जस्तै घर पनि हड्प गरेका छन् । श्रमका तमाम साधनमा श्रमिक जनताको वास्तविक स्वामित्व बन्नुको अर्थ बहालमा लिनेदिने प्रबन्ध पनि नहुुनु होइन । यदि मजदुर वर्गको राजनीतिक सङ्घर्षले क्रान्तिकारी रूपग्रहण गर्छ र यदि पुँजीजीवी वर्गको अधिनायकत्वको स्थानमा मजदुरहरू आफ्नो क्रान्तिकारी अधिनायकत्व कायम गर्छन् भने उनीहरू सिद्धान्तको उल्लङ्घन गर्ने भयङ्कर अपराध गरेका हुन्छन् ।

    मजदुर वर्गले भर्खरै मात्र आफूले प्राप्त गरेको आधिपत्य फेरि नगुमाउनको लागि एकातर्फ पुरानो, अहिलेसम्म उसको विरुद्ध प्रयोग गरिँदै आएको उत्पीडन यन्त्र नष्ट पारिनुपर्छ भने अर्काेतर्फ आफ्ना सबै प्रतिनिधि र पदाधिकारीलाई बिनाअपवाद सबैलाई कुनै पनि बेला आफ्नो पदबाट हटाउन सकिन्छ भन्ने घोषणा गरेर उनीहरूबाट आफ्नो बचाउ गर्नुपर्छ ।

    आफ्नो हतियार सुम्पिदिनु र राज्यलाई नमेत पार्नुको सट्टा मजदुरहरू आफ्नो तुच्छभन्दा दैनिक आवश्यकताको पूर्ति गर्न र पुँजीजीवी वर्गको प्रतिरोध दबाउन राज्यलाई एउटा क्रान्तिकारी र सङ्क्रमण कालीन रूप दिन्छन् । पेरिस कम्युन बुर्जुवाको विरुद्ध सशस्त्र जनताको प्राधिकारमा भर नपरेको भए त्यो एक दिन पनि अस्तित्वमा रहन सक्ने थिएन । प्राधिकार विरोधीहरू उनीहरूले भनिरहेको कुरा जान्दैनन् अथवा सर्वहारा वर्ग प्रतिकृयावादीलाई सघाउने मात्र काम गरिरहेका हुन्छन् । कम्युनले राज्यको क्रान्तिकारी सत्ताको अर्थात् सत्तारूढ वर्गको रूपमा सङ्गठित सशस्त्र सर्वहारा वर्गको उपयोग अरू बढी गर्नुपर्दथ्यो ।

    प्रत्येक क्रान्तिमा मजदुरको विजयपछि एउटा नयाँ सङ्घर्ष सुरु हुन्थ्यो । यो सङ्घर्ष मजदुरको पराजयमा गएर समाप्त हुन्थ्यो । मजदुर वर्गले भर्खरै मात्र आफूले प्राप्त गरेको आधिपत्य फेरि नगुमाउनको लागि एकातर्फ पुरानो, अहिलेसम्म उसको विरुद्ध प्रयोग गरिँदै आएको उत्पीडन यन्त्र नष्ट पारिनुपर्छ भने अर्काेतर्फ आफ्ना सबै प्रतिनिधि र पदाधिकारीलाई बिनाअपवाद सबैलाई कुनै पनि बेला आफ्नो पदबाट हटाउन सकिन्छ भन्ने घोषणा गरेर उनीहरूबाट आफ्नो बचाउ गर्नुपर्छ ।

    कम्युनले दुई अचुक साधनको प्रयोग गर्‍यो : प्रथम– प्रशासनिक, न्यायिक तथा शैक्षिक सबै क्षेत्रका पद सार्वजनिक मताधिकारको आधारमा निर्वाचनद्वारा पूर्ति गर्ने, अझ त्यसमाथि निर्वाचित सबै पदाधिकारीले त्यत्तिकै वेतन पाउन सक्ने व्यवस्था गर्‍यो । तिनै मतदाताको निर्णयअनुसार कुनै पनि बेला फिर्ता बोलाउन सकिने निर्णय पनि गर्‍यो । द्वितीय– कम्युनले उच्च तथा निम्न सबै पदाधिकारीले त्यत्तिकै वेतन पाउन सक्ने व्यवस्था गर्‍यो, जति अन्य मजदुरले पाउँछन् ।

    मजदुरसरह तलब पाउने निर्देशन पददलित र निर्देशनबाजका लागि र तरक्किबाजका लागि कडा बाधा बन्यो । सुसङ्गत प्रजातन्त्रवाद एकातर्फ समाजवादमा बदलिन्छ भने अर्काेतर्फ, त्यसले समाजवादको माग गर्दछ । राज्यसत्ता उन्मूलनका लागि राजकीय सेवासम्बन्धी कार्यलाई नियन्त्रण तथा मूल्याङ्कन यस्ता सरल प्रकृयामा परिणत गरिदिन जरुरी हुन्छ, जसलाई जनसङ्ख्याको अत्यधिक ठुलो हिस्साले र अन्तत्वगत्वा प्रत्येक व्यक्तिले सम्पन्न गर्न सक्दछ । पदलोलुपतालाई पूर्ण रूपले समाप्त गर्न राजकीय सेवाअन्तर्गतका लाभरहित भए पनि सम्मानित पदको प्रयोग बैङ्क तथा संयुक्त पुँजी निकायमा मोटो रकम हुने पद टप्काउन सम्भव हुनुहुँदैन । सर्वहारा क्रान्तिको सम्बन्धको प्रश्नबाट मुख फर्काइनु अवसरवादको नीति लाभदायक र पोषक पनि हुन्छ । यसबाट माक्र्सवाद विकृत हुन्छ । साथै त्यसलाई पूर्ण रूपले भ्रष्ट गरिन्छ ।

    समाजवादले कार्यदिन छोट्याइदिने छ । जनसमुदायलाई नयाँ जीवनको उच्चतामा पुर्‍याइदिने छ । जनसङ्ख्याको ठुलो हिस्साका लागि यस्तो अवस्था पैदा गरिदिने छ, जहाँ सबै व्यक्ति राज्य सञ्चालन गर्न समर्थ हुने छन् ।

    कम्युन संसदीय होइन बरु यस्तो कार्यकारी निकाय थियो, जसले ऐनकानुन बनाउथ्यो र तिनलाई लागु गर्दथ्यो पनि । वास्तवमा टे«ड युनियनको विकास पूर्ण स्वतन्त्रताअन्तर्गत होइन बरु पूर्ण पुँजीवादी दासत्वअन्तर्गत भएको थियो । समाजवादअन्तर्गत आदिम प्रजातन्त्रलाई अनिवार्यत: निकै मात्रमा फेरि जीवित गरिने छ किनभने सभ्य समाजको इतिहासमा पहिलोपल्ट आम जनसमुदाय मतदान र निर्वाचनमा मात्र होइन बरु दैनिक प्रशासनको कार्यमा समेत स्वतन्त्र रूपले भाग लिने स्तरसम्म माथि उठ्ने छ । समाजवादअन्र्तगत सबेले पालैशान्ति शासन गर्नेछन् । कसैले पनि शासन नगरोस् भन्नेमा छिट्ट्रै अभ्यस्त भइहाल्ने छन् ।

    समाजवादले कार्यदिन छोट्याइदिने छ । जनसमुदायलाई नयाँ जीवनको उच्चतामा पुर्‍याइदिने छ । जनसङ्ख्याको ठुलो हिस्साका लागि यस्तो अवस्था पैदा गरिदिने छ, जहाँ सबै व्यक्ति राज्य सञ्चालन गर्न समर्थ हुने छन् ।

    समाजवादमा राज्यसत्ता विस्तारै विस्तारै पूर्ण विलोपतर्फ अग्रसर हुने छ । सर्वहारा वर्गप्रति सहानुभूति राख्ने र राज्यको पुरानो यन्त्रलाई पूरै नष्ट गर्न सङ्घर्षशील सशस्त्र सर्वहारा वर्ग स्वयम् नै सरकार बन्ने कुरामा आकाश र जमिनजत्तिकै फरक छ । नयाँ राज्ययन्त्रले मजदुर र किसानको सशस्त्र सेना सबभन्दा पहिले खडा गर्दछ । त्यो अति निकटसँग जनतासित बाँधिएको हुन्छ । सामरिक दृष्टिकोणले यो सेना बढी शक्तिशाली हुन्छ । क्रान्तिको दृष्टिकोणले अरू कुनै कुराले त्यसको स्थान लिन सक्दैन ।

    दोस्रो कुरा, त्यस यन्त्र समूहले जनतासँग र बहुसङ्ख्यक जनतासँग गहन र अटुट किसिमको सजिलैसँग नवीकरण गर्न सकिने सम्बन्ध कायम गर्दछ । पुरानो राज्ययन्त्रसँग यसको नामनिसाना थिएन ।

    तेस्रो कुरा, यो राज्ययन्त्र निर्वाचनद्वारा गठन हुने छ । जनताको इच्छाअनुसार यसलाई बदल्न सकिने हुनाले यसमा कुनै पनि प्रकारको नोकरशाही तत्त्व रहन सक्दैन । अघिल्ला यन्त्रमा भन्दा धेरै प्रजातान्त्रिक हुन्छ ।

    चौथो कुरा, यसले विभिन्न व्यवसायसँग सम्बन्ध स्थापित गर्दछ । बिनाकुनै कर्मचारी तन्त्र अति विभिन्न खालका गहनतम सुधार सम्भव तुल्याउँछ ।

    पाँचौँ कुरा, उत्पीडित वर्गहरू मजदुर तथा किसानको सर्वाधिक प्रगतिशील पङ्क्ति खडा गर्न मदत गर्दछ । आजसम्म राजनीतिक जीवनबाट टाढा रहेका र इतिहासबाट टाढा रहेका उत्पीडित वर्गका अग्रगामी पङ्क्तिले ती वर्गका संयुक्त रूपमा व्यापक जनसमूहलाई माथि उठ्न प्रशिक्षित बन्न र नेतृत्व गर्न मदत गर्छ ।

    कुनै वर्गले राज गर्न सक्दछ तर शासन चलाउन सङ्गठन वा पार्टी चाहिन्छ । कम्युनले नयाँ किसिमको सर्वहारा राज्यका सिर्जना गरेको छ । सबै किसिमको राज्य एक वर्गले अर्काे वर्गलाई दबाउने यन्त्र सिवाय अरू केही होइन तर कम्युन संसदीय निकाय थिएन । पेरिस कम्युनले सम्पूर्ण जनताको जीवनमा प्रजातन्त्रको व्यावहारिक प्रयोगका लागि सबैभन्दा ठुला बाधक बुर्जुवा नोकरशाही एवम् न्यायिक प्रशासन यन्त्रलाई अविलम्ब तहसनहस पारेर अन्तिम रूपमा नष्ट पार्ने मार्गमा पेरिस कम्युनले पहिलो विश्व ऐतिहासिक पाइला चालेको थियो ।

    छैटौँ कुरा, यसले संसदीय पद्धतिका सुविधालाई वास्तविक एवम् प्रत्यक्ष जनवादका लाभसँग सम्बन्धित तुल्याउँछ । जनताका निर्वाचित प्रतिनिधिको हातमा विधायिका तथा कार्यकारी दुवै कृयाकलापलाई एकीकृत पार्ने सम्भावना दिन्छ ।

    पुँजीवादी संसदीय पद्धतिको दाँजोमा कम्युन जनवादी विकासको दिशातर्फ एकपाइलो अगाडि हो । यसको ऐतिहासिक एवम् विश्वव्यापी महत्त्व छ । कुनै वर्गले राज गर्न सक्दछ तर शासन चलाउन सङ्गठन वा पार्टी चाहिन्छ । कम्युनले नयाँ किसिमको सर्वहारा राज्यका सिर्जना गरेको छ । सबै किसिमको राज्य एक वर्गले अर्काे वर्गलाई दबाउने यन्त्र सिवाय अरू केही होइन तर कम्युन संसदीय निकाय थिएन । पेरिस कम्युनले सम्पूर्ण जनताको जीवनमा प्रजातन्त्रको व्यावहारिक प्रयोगका लागि सबैभन्दा ठुला बाधक बुर्जुवा नोकरशाही एवम् न्यायिक प्रशासन यन्त्रलाई अविलम्ब तहसनहस पारेर अन्तिम रूपमा नष्ट पार्ने मार्गमा पेरिस कम्युनले पहिलो विश्व ऐतिहासिक पाइला चालेको थियो । सोभियत सत्ताले दोस्रो पाइला चालेको थियो ।

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.