बागलुङ । रक्तिम सास्कृतिक अभियान बरेङ गाँउपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार बरेङ बजारमा सम्पन्न प्रथम भेलाले पूर्ण बहादुर परियारको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा लोक बहादुर गिरि, सचिवमा कविता गलामी, सहसचिव तारा थापा र कोषाध्यक्ष हिमा थापा चयन हुनुभएको छ । सदस्यहरुमा अर्जुन सुनार, जीवन विक, धनमाया लोहार, राम बहादुर विक, सृष्टी काउचा, तुफान पुन, अनिसा पुन, दिवस गलामी रहनुभएको छ ।
भेलाले थुमराज ढुङगाना, चित्र बहादुर थापा, पृथ्वी पुन र नारायण शर्मालाई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य थुमराज ढुङगाना, जिल्ला सचिव कुल बहादुर छन्त्याल र अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद आर्चायले शुभकामना दिनुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै रक्तिमका जिल्ला सचिव छन्त्यालले सामन्तवादी र साम्राज्यवादी संस्कृतिको विरुद्धमा रक्तिमले आवाज बुलन्द गर्दै सभ्य संस्कार र सुन्दर समाज निर्माणका लागि निरन्तर संघर्षरत रहेको बताउनुभयो ।
भेलापछि बसेको समितिको पहिलो बैठकले पालिका भरिमा रक्तिमको सदस्यता वितरण गर्ने तथा बुटवलमा सम्पन्न हुन लागेको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक पठाउने निर्णय गरेको दिपेन्द्र परियारले जानकारी दिनुभएको छ ।
नयाँ वर्षको अवसर पारेर रक्तिम अभियानले २०८० वैसाख १ देखि ३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको छ ।
चौथो राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा रक्तिम अभियान बागलुङले जिल्लास्थित सबै पालिकाहरुमा भेला तथा सम्मेलन गरिरहेको छ ।