प्युठान । अखिल नेपाल महिला संघ मल्लरानी गाउँ पालिकाको भेला सम्पन्न भएको छ । भेलाले पवित्रा पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हुमा आचार्य (पोख्रेल) सचिव सिता पुन र कोषाध्यक्षमा बिष्णु थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा कृष्णा नेपाली, राधा बिक, झरना पुन, कुमारी बिक, शिवा परियार, उजेली बिक, तेमा राना, हिमा बुढाथोकी र बिमला बिक रहनु भएको छ ।
सल्लाहकारहरुमा सरिता जिसी, मिना गिरी, मनकला बिक, सुकमेली परियार, संगिता श्रेष्ठ र रेश्मा थापा रहनु भएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा महिला नेतृ सरिता जिसीको प्रमुख आथित्यमा सम्पन्न भेलालाई राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, राजमो लुम्बिनी सल्लाहकार सुरेश थापा, जनजाती सम्मेलनका महासचिव अमरध्वज रानाले शुभकामना दिनु भएको थियोे ।
कार्यक्रममा पालिका अध्यक्ष पबित्रा पोख्रेलको अध्यक्षता, हुमा आचार्य (पोख्रेल) को स्वागत तथा सञ्चालन सीता पुनले गर्नु भएको थियो ।