खिमराज चालिसे, चंडिगढ ।
भारतको हरियाणा राज्यको पंचकुलामा नेपाली युवती शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।
विहीबार बिहान कपिलवस्तु बाणगंगा नगरपालिका– ६ की २२ वर्षीया चम्पा गन्धर्व शंकास्पद अवस्थामा मृत भेटिएकी हुन् ।
आफू कार्यरत सेक्टर ४ पंचकुलाको कोठीमा नुहाउन भनि साढे १० बजे बाथरुम पसेकी चम्पा रुमाल झुन्ड्याउने कुन्डामा चुन्नीले पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका– ६ का मनिराम गन्धर्व र अमृता गन्धर्वकी छोरी चम्पाको हत्या वा आत्महत्या के हो भन्ने शंकास्पद भएको हुनाले मृतकका आफन्तले छानबिन गर्न माग गरेका छन् ।
चम्फाका आफन्त मेघराज र शिवकुमार गन्धर्वले उनको हत्या भएको आशंका गर्दै छानबिनका लागि पहल गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलागयत भारतमा क्रियाशील नेपाली संघ संस्थाहरुसँग आग्रह गरेका छन् ।
सो विषयमा चंडिगढबाट प्रकाशित विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।