काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की विजयी भएका छन् । संघको २८ औं कार्यकारिणी समिति चयनका लागि भएको निर्वाचन अन्तर्गत मंगलबार बिहान मत गणना सकिएको हो ।
Advertisement
देशभरिका डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघको अध्यक्षमा विजयी डा. कार्कीले ४ हजार १ सय ११ मत ल्याए । उनी लोकतान्त्रिक समूहका हुन् । कार्कीका प्रतिद्वन्द्वी डा. पुष्पमणि खरालले १९७९ मत पाएका छन् ।
उपाध्यक्षमा डा. अनिल कार्की, बरिष्ठ उपाध्यक्ष्मा डा।विश्वप्रसाद श्रेष्ठ र महासचिवमा डा. बद्री रिजाल विजयी भएका छन् । दुई चरणमा गरी देशव्यापी रुपमा भएको मतदानमा ६ हजार १५१ मत खसेको थियो।
फागुनमा हुने सम्मेलनपछि नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण हुनेछ ।