खिमराज चालिसे, चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेता अमित सुनारलाई प्रवासबाट सम्मान सहित विदाइ गरेको छ ।
एकता समाज जालन्धर नगर समितिले नगर सदस्य अमित सुनारलाई सम्मान सहित बिदाइ गरेको हो।
८ मार्चको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पन्न सहित विदाइ गरिएको थियो । विदाइ समारोहमा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगालेले उहाँको योगदानको चर्चा गर्दै स्वदेशको आन्दोलनमा निरन्तर लागी रहने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको थियो।
मूल प्रवाह केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, महिला क्षेत्रीय सदस्य मीना बगाले, नगरका नेताहरु लक्ष्मण केसी, नारायण पोख्रेल, राजेन्द्र थापा, वासुदेव पौडेल, अमित सुनार, लाल बहादुर सुनार, राजेश केसी, चन्द्र बस्याल र अन्जली थापा लगाएतले शुभकामना दिनुभएको थियो ।
नगर समितिको तर्फबाट स्मृती चिन्ह र प्रसंशा पत्र दिएर सम्मान गरिएको सो कार्यक्रममा नगर अध्यक्ष जीतमान थापाको अध्यक्षता तथा नारायण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो।