• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बागलुङमा एक शिक्षकको भरमा विद्यालय


  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
  • ढोरपाटन । वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाइ हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भर चलेको छ ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक सेवानिवृत्त भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँस्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आउनुभएको छ । एक महिना अगाडि प्रधानाध्यापक केयरसिंह थापा सेवानिवृत्त हुनुभयो । अर्का एक शिक्षिकाले विवाह गर्नुभयो । त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो ।

    विद्यालयमा १९ विद्यार्थी छन् । कक्षा तीन र चार खाली छ । हाल कक्षा एक, दुई र पाँचमा पढाइ हुँन्छ । कक्षा एकमा १०, कक्षा दुईमा पाँच र कक्षा पाँचमा चार विद्यार्थी अध्ययनरत छन् ।

    तीन वटा कक्षाका विद्यार्थीलाई पठनपाठन एक्लै गराउँदा समस्या भएको शिक्षिका थापा बताउनुहुन्छ । विद्यालयमा अझै दुई/तीन जना शिक्षकको आवश्यकता छ । “एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परे भने विद्यालयनै बन्द हुन्छ, सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु”, शिक्षिका थापाले भन्नुभयो, “प्रअ सरले अवधि पुगेर राजीनामा दिनुभयो, रुपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ती दुई दिन आउनुभएको थियो, त्यसपछि आउनुभएको छैन ।” शिक्षिका थापाले अहिले विद्यार्थीलाई बहुकक्षा शिक्षा प्रणालीअनुसार अध्यापन गराइरहनुभएको छ ।

    कुनै बेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय मात्र होइन बढ्दो बसाइँसराइले गाउँनै सुनसान बनेको छ । विद्यालयमा दुई जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । हाल एक्लै अध्यापन गराउँदै आउनुभएकी ज्योति थापालाई केही महिना अगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तबल दिने गरी राखेको हो ।

    गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले विद्यालयमा दुई स्थायी शिक्षक आउने जानकारी दिनुभयो । तर, कहिले आउने यकिन नभएको उहाँको भनाइ छ । सापकोटाले स्थायी शिक्षिक नआउँदासम्म अर्को विकल्प नभएको बताउनुभयो । नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताउनुभयो ।

    शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.