• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यवस्था फेरिए पनि अवस्था नफेरिँदा महिलाको स्तर उठ्न सकेन : महासचिव राना


  •   सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, अर्घाखाँची ।
    अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला रानाले मुलुकमा व्यवस्था फेरिए पनि अवस्था नफेरिँदा महिलाको स्तर उठ्न नसकेको बताउनुभएको छ ।

    Advertisement

    केन्द्रदेखि तलसम्म स्वार्थको राजनीतिले महिलाको मात्र नभइ सबै नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको उहाँको भनाई छ ।

    १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला संघ अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव रानाले यस्तो बताउनुभएको हो ।

    महिला संघअर्घाखाँचीका अध्यक्ष समेत रहनुभएकी महासचिव रानाले सत्ताको लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धिको रक्षार्थ महिलाहरु सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बिशिष्ट अतिथी राष्ट्रिय जनमोर्चाका प्रदेश सल्लाहकार शेर बहादुर विसीले देशमा भैरहेको विकृत राजनीतिले जनता निराश बनेको बताउनुभयो । राष्ट्र र जनताको हितमा राजनीतिको विकल्प नभएको उल्लेख गर्दै नेता विसीले यसका निम्ति विचारको राजनीति गर्नुपर्ने र सिकाउनुपर्ने बताउनुभयो ।

    राजमो जिल्ला सचिव बाबुराम पन्थीले महिलाहरुमा जागरुकताको कमिले महिला अधिकारको समेत पुरुषहरूले दुरुपयोग गरिरहेको भन्दै अधिकारको प्राप्ति र सदुपयोगविरुद्ध एकजुट हुन आग्रह गर्नुभयो।

    राजनीति गर्नेहरूले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेकाले आम नागरिकको जीवनमा परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । सचिव पन्थीले राजमोले काङ्ग्रेससँग गरेको गठबन्धनको विषयलाई लिएर भ्रम सिर्जना गरिएको बताउनुभयो ।

    राजमोले कुनै स्वार्थ लिन नभई गणतन्त्र जोगाउन राष्ट्रपति चुनावमा कांग्रेससँग सहकार्य गरेको उहाँको भनाइ छ । केपी ओलीले दुई–दुई पटक संसद विघटन गरि देशलाई उल्टो बाटो हिँडाउने दुस्साहस गरिरहेको बेला कांग्रेस गणतन्त्र जोगाउने कित्तामा उभिएकोले सहकार्य गरिएको सचिव पन्थीको भनाइ छ ।

    महिला संघ सन्धिखर्क नगरसमिति अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष मिना विसीको अध्यक्षता, तुलसा कुँवरको स्वागत मन्तव्य, उषा बस्नेतको स्वागत गीत र जिल्ला सचिव कल्पना पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला संघ जिल्ला सदस्य तथा सन्धिखर्क नगरपालिकाको कार्यपालिका सदस्य लिला भुसालले मन्तव्य राख्दै महिला अधिकार प्राप्तिको निम्ति संगठित, सक्रिय र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    राजमो केन्द्रीय सदस्य यमलाल पोख्रेल, पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष भगवता पाण्डेसहित महिला संघ अर्घाखाँचीमा आवद्ध महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

    सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.