• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो बागलुङले पारित गर्‍यो १९ बुँदे समसामयिक प्रस्ताव


  •   सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङको सातौँ सम्मेलनले १९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाको हस्ताक्षरमा २०७९ फागुन २२ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।

    फागुन १९ देखि २१ गतेसम्म सम्पन्न उक्त सम्मेलनमा सचिव भीमलाल पोखरेलले बन्दशत्रमा सो प्रस्ताव प्रस्तुत गरी पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ, १९ बुँदे समसामयिक प्रस्ताव :

    “१. प्रतिगामी कोणबाट आएका चलखेललाई निरुत्साहित पार्दै संविधानका सकारात्मक उपलब्धिको रक्षामा जोड दिन्छ ।

    २. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र धर्म निरपेक्षताको रक्षा गर्नुपर्नेमा जोड दिन्छ ।

    ३. सङ्घीयताको खारेजी गरी प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित स्थानीय स्वशासनसहितको एकात्मक राज्यप्रणाली लागु गर्नुपर्नेमा जोड दिन्छ ।

    ४. जनताको दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि र करवृद्धिको नियन्त्रण, कालाबजारी, घुसखोरी र अराजकताको अन्त्य गर्नुपर्नेमा जोड दिन्छ ।

    ५. सत्ताको दुरूपयोग, अपराधीलाई राजनीतिक संरक्षण र स्थानीय तहको अराजकता अन्त्यका लागि जोड दिन्छ ।

    ६. स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारको मान्यता दिई स्थानीय तहका अधिकार र विकास बजेट वृद्धि हुनुपर्नेमा जोड दिन्छ ।

    ७. अपर कर्णाली, पश्चिम सेतीलगायतका राष्ट्रघाती सम्झौता र भारतसँग गरिएको सन् १९५० लगायतका असमान सन्धिसम्झौता खारेजीका लागि सरकारले कूटनीितक पहल सुरु गर्नुपर्नेमा जोड दिन्छ ।

    ८. विकेन्द्रित र सन्तुलित विकास निर्माण, उत्पादनमूलक उद्यम र जनताको जीवनमा सकारात्मक परिवर्तन गराउने कार्ययोजना लागु गर्नुपर्नेमा जोड दिन्छ ।

    ९. राष्ट्रघाती नागरिकता विधेयकमा भएको खुकुलो नीति खारेज गरी गैरनेपालीलाई उपलब्ध गराएको नागरिकता खारेज गरिनुपर्नेमा जोड दिन्छ ।

    १०. साम्राज्यवादी शक्तिबाट देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने गरी पारित गरिएका एमसिसीलगायतका सन्धिसम्झौताको खारेजीमा जोड दिन्छ ।

    ११. देशको राजनीतिक अस्थिरतामाथि फाइदा उठाउँदै राजावादी तथा अराजकतावादीले ठाउको उठाउन खोज्नु दुर्भाग्य हो । त्यस प्रकारका प्रतिगामी तत्त्वको व्यापक भण्डाफोर गर्दछ ।

    १२. देशमा वित्तीय सुशासन नहुँदा आर्थिक मन्दीको अवस्था सृजना भएको छ । यसलाई रोक्न राष्ट्रिय पुँजीको विकासमा जोड दिँदै अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिन्छ ।

    १३. लघुवित्तीय संस्था र बैङ्कको मनोमानीका कारण कैयौँ नागरिक अप्ठ्यारोमा परेका छन् । लघुवित्तीय संस्था र बैङ्कको उच्च व्याज र दोहनलाई तत्काल नियमन गरी नागरिकमाथि लादिएको वित्तीय आतङ्क तत्काल रोकिनुपर्दछ ।

    १४. बागलुङ जिल्लाको मध्यभाग भएर जाने मध्यपहाडी लोकमार्ग, दक्षिणभेगको कालिगण्डकी कोरिडोर र मालढुङ्गा कुश्मीसेरा बरेङ मोटरबाटोको निर्माण कार्य द्रुत गति सम्पन्न गर्नुपर्नेमा जोड दिन्छ ।

    १५. ग्रामीण पर्यटनको विकासका लागि बागलुङ जिल्लाका विभिन्न पर्यटकीय स्थानको पहिचान, बजेट व्यवस्थापन र प्रचार प्रसार साथै पर्यटन पूर्वाधार निर्माणमा जोड दिन्छ ।

    १६. जिल्लाव्यापी रूपमा बिद्युतीकरणको विशेष कार्यक्रम बनाउनुपर्नेमा जोड दिदैं उत्तरगङ्गा जलासययुक्त बिद्युत योजना बागलुङ जिल्लाकै भूभागमा पर्ने गरी र कालिगण्डकी जलविद्युत बी आयोजनालाई पनि नेपाल सरकारकै लगानीमा तत्काल निर्माण गर्नुपर्नेमा जोड दिन्छ ।

    १७. चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्दा मुस्ताङको कोरला नाकासहितका विभिन्न स्थानबाट व्यापारिक नाका खोल्नुपर्नेमा जोड दिन्छ ।

    १८. ढोरपाटन सिकार आरक्षको मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्रतिकूल नहुने गरी त्यस क्षेत्रका नागरिकको माग पूरा गर्नुपर्नेमा जोड दिन्छ ।

    १९. बोलपत्र स्वीकृत भई शिक्षा, स्वास्थ्य, खानेपानी, मोटरबाटोलगायतका कैयौँ पूर्वाधार निर्माणमा निर्माण व्यवसायीको लापरवाही र सरकारले उचित बजेट विनियोजन नगर्दा अलपत्र अवस्थामा पुगेका योजना तत्काल सम्पन्न गर्नुपर्ने र लापरवाही भएको पहिचान गरी कडा कारबाही गर्नुपर्नेमा जोड दिन्छ ।”

    सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.